Logo

प्रधानमन्त्री ओलीले गरे पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन, अस्पतालमा व्यवसायी प्रसाईको ६ अर्ब लगानी

प्रधानमन्त्री ओलीले गरे पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन, अस्पतालमा व्यवसायी प्रसाईको ६ अर्ब लगानी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिका वडा नं ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको मंगलबार उद्घाटन गरेका छन् । उनले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु अवलोकन पनि गरे ।

laxmi

बिर्तामोड निवासी दुर्गा प्रसाईँका रु ६ अर्ब निजी लगानीमा अस्पताल निर्माण भएको हो जसमा तीन सय शय्या छन् । करीब एक वर्षअघि नै सेवा शुरु गरेको अस्पतालको आज विधिवत् उद्घाटन भएको हो ।

एक वर्षका अवधिमा करीब दुई हजार सात सय बिरामीले अस्पतालबाट सेवा लिएका छन् जसमध्ये करीब एक हजार तीन सय झापाकै बासिन्दा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL