Logo

नक्कली भिसा बनाएर साढे १७ लाख ठग्ने दुई पक्राउ, भारतीय नागरिकको मिलेमतोको आशंका

नक्कली भिसा बनाएर साढे १७ लाख ठग्ने दुई पक्राउ, भारतीय नागरिकको मिलेमतोको आशंका


बिजखबर संवाददाता
0
Shares

नक्कली भिसा बनाएर ठग्ने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जापान पठाइदिन्छु भन्दै नक्कली भिसा बनाएर ठग्ने म्याग्दीको पाखापानी गाविस ३ का ५२ वर्षीय दुर्गा भट्टचन र कास्कीको पोखरा उपमहानगरपालिका १४ चाउथेकी २९ वर्षीया लक्ष्मी जिसीलाई पक्राउ गरिएको हो ।

उनीहरुले पर्वत ठूलोपोखरी गाविस ३ घर हुने दिपक पौडेल र कास्कीको ढिकुरपोखरी गाविस ६ का दलबहादुर गुरुङलगायतबाट साढे १७ लाख रुपैयाँ असुलेर ठगेको प्रहरीले जनाएको छ ।

पौडेल र गुरुङ कात्तिक २० गते ड्रागन एयरबाट जापान जान लाग्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षाको लागि खटिएको प्रहरीले जाँच गर्दा उनीहरुको राहदानीमा लागेको भिसा शंकास्पद भएको भन्दै नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा भट्टचन र जिसीले प्रतिव्यक्ति १२ लाख रुपैयाँ लिई नक्कली कागजात तयार पारेको खुलासा भएको थियो । नक्कली भिषा बनाई जापान पठाउने कार्यमा संलग्न भट्टचनलाई काठमाडौंको सुन्धाराबाट र जिसीलाई पोखराबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएको छ ।

नक्कली भिसा बनाएर ठग्ने कार्यमा नयाँदिल्लीमा रहेका भारतीय नागरिकको समेत मिलेमतो रहेको पाइएको नेपाल प्रहरीको अनुसन्धानबाट खुलेको छ । ति व्यक्तिलाई पनि पक्राउ गर्नेतर्फ थप पहल गरिरहेको महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL