Logo

आर्टिफिसियल इन्टेलिजेन्ससहितको एलजीको वासिङ मेसिन नेपाली बजारमा, ३९ मिनेटमा वास साइकल पूरा हुने

आर्टिफिसियल इन्टेलिजेन्ससहितको एलजीको वासिङ मेसिन नेपाली बजारमा, ३९ मिनेटमा वास साइकल पूरा हुने



काठमाडौं । नेपालमा एलजी ब्राण्डका लागि आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गतको सी.जी. इम्पेक्सले एलजीको आर्टिफिसियल इन्टेलिजेन्ससहितको वासिङ मेसिन बजारमा ल्याएको छ ।

वासिङ मेसिनमा आर्टिफिसियल इन्टेलिजेन्स जस्ता लेटेस्ट प्रविधि रहेको छ । जसले कपडाको तौलको साथसाथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाउँछ । र, यसले कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८% ले जोगाउँछ ।

आर्टिफिसियल इन्टेलिजेन्स वासिङ मेसिनले विग डाटा विथ डिप लनिङ्ग उपयोग गरेर कपडाहरु अत्याधुनिक तरिकाले धुन्छ । यस वासिङ मेसिनमा स्टिम प्लस प्रविधि रहेको छ जसले कपडाको हरेक रेशारेशा भित्र पसेर ९९.९% किटाणु नष्ट गर्छ र हाइजेनिक वास दिनुका साथै ३०% कपडाहरुलाई खुम्चिन बाट बचाउँदछ ।

टर्वो वास ३६० डिग्री र ४ हाई स्पिड स्प्रे नजल विथ इन्भर्टर पम्प टेक्नोलोजी रहेको यस मेसिनले उच्च र कम गति आवश्यकताअनुसार पानीका फोहोरा फाल्छ र ३९ मिनेटमा वास साइकल पुरा गर्दछ जसले विजुली र समयको बचत गर्छ ।

यसमा मिसएलिगेन्ट १००% स्टेनलेस स्टिल लिफ्टर छ जसले गर्दा कपडाहरुमा रहेको किटाणु नष्ट गरि हाइजेनिक र कपडा गनाउन दिँदैन । यसमा टेम्पर ग्लास डोर छ जसमा स्क्र्याच नलाग्ने स्थायित्व प्रतिरोधि हुनुका साथसाथै एलिगेन्ट डिजाइन, वास साइकल छनोट गर्ने आकर्षक मेटालिक नव र विग एलइडी डिस्प्ले रहेको छ ।

कम्पन सेन्सर, सुधारिएको ड्याम्पर तौल ब्यालेन्सरको मद्दतले रिन्ज र स्पिनको बेलामा मेसिनलाई स्थिर, लो–नोइज र कम्पन मुक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL