Logo

कोरोना खोपको व्यवस्थापनका लागि सातवटै प्रदेशमा संयोजक तोकिए, कस-कसले पाए जिम्मेवारी ?

कोरोना खोपको व्यवस्थापनका लागि सातवटै प्रदेशमा संयोजक तोकिए, कस-कसले पाए जिम्मेवारी ?



काठमाडौं । सरकारले कोरोना भाइरस विरुद्धको खोपको व्यवस्थापनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड खोप अभियान सञ्चालनलाई व्यवस्थित बनाउन र खोपको उचित व्यवस्थापनका लागि महाशाखा प्रमुखलाई संयोजकको जिम्मेवारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार खोप व्यवस्थापनका लागि प्रदेश १ को जिम्मेवारी डा तारानाथ पोखरेललाई दिइएको छ भने डा मदनकुमार उपाध्यायलाई प्रदेश २ को जिम्मेवारी दिइएको छ ।

त्यस्तै बागमती प्रदेशको डा गुणराज लोहनी, गण्डकी प्रदेशमा डा जागेश्वर गौतम, लुम्बिनी प्रदेशमा डा विकास देवकोटा, कर्णाली प्रदेशमा डा अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा डा कृष्ण पौडेललाई संयोजक तोकिएको छ ।

उनीहरुलाई सम्बन्धित प्रदेशमा खोप अभियानका लागि तयारी, खोप लगाउने व्यक्त्तिको नामावली, तयारीका क्रममा हुने समस्या समाधानका लागि सहजीकरण गर्नेलगायतको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

भारत सरकारले नेपाललाई बिहीबार १० लाख डोज कोभिड खोप उपलब्ध गराएको छ । उक्त खोपलाई आवश्यक तयारी पुरा गरी सबै प्रदेशमा पठाउने तयारी मन्त्रालयले गरेको छ । १४ गते अर्थात बुधबारदेखि सातै प्रदेशमा खोप अभियान सुरु गर्ने सरकारको तयारी छ ।

सरकारले ७७ जिल्लाबाट एकसाथ खोप अभियान सञ्चालन गर्ने तयारी पनि गरेको छ। यसका लागि आवश्यक जनशक्तिलाई तालिम दिने लगायतका काम समेत भइरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL