Logo

भारतले नेपाललाई कोरोनाको खोप कति र कहिलेसम्म देला ? कोरोना खोप सम्बन्धमा आज निर्णय गर्दै भारत

भारतले नेपाललाई कोरोनाको खोप कति र कहिलेसम्म देला ? कोरोना खोप सम्बन्धमा आज निर्णय गर्दै भारत



काठमाडाैं ।  भारतको केन्द्रीय स्वास्थ्य समितिको बैठक आज बस्दैछ । आज बस्ने सो बैठकले नेपाललाई उपलब्ध गराउने कोरोनाविरुद्धको खोपका विषयमा भारतले निर्णय गर्न सकने बताइएको छ ।

बैठकमा भारतीय स्वास्थ्य मन्त्री हर्षबर्धन, विदेशमन्त्री एस जयशंकर, भारत बायोटेक र सिरम इन्स्टिच्युटका प्रतिनिधि सहभागी हुने बताइएको छ । नेपालले आपतकालीन प्रयोगका लागि अक्सफोर्डले विकसित गरेको भारतमा उत्पादित ‘कोभिसिल्ड’ खोपलाई प्रयोगको अनुमति दिइसकेको छ ।

यसै सन्दर्भमा आज हुने बैठकले नेपाललाई उपलब्ध गराउने खोपको मात्रा र समय निर्धारण गर्नेछ । भारतले पहिलो चरणमा नेपालसहित भुटान, बंगलादेश र ब्राजिललाई खोप दिने तयारी गरेको छ ।

भारतमा भने शनिवारदेखि खोप दिन शुरु गरिएको छ । खोपका कारण हालसम्म ४ सय ४७ जनालाई सामान्य असर देखिएको छ । बिरामीमध्ये ३ जनालाई मात्र अस्पताल भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL