Logo

काठमाडौं उपत्यकाका विद्यालय आजबाट खुले, शिक्षक–विधार्थीले अनिवार्य मास्क लगाउनु पर्ने

काठमाडौं उपत्यकाका विद्यालय आजबाट खुले, शिक्षक–विधार्थीले अनिवार्य मास्क लगाउनु पर्ने



काठमाडौं । काठमाडौं उपत्यका विद्यालय आजदेखि खुलेका छन् । स्थानीय तहले विद्यालय खोल्न अनुमति दिएपछि कोरोना महामारीका कारण १० महिनादेखि बन्द रहेका उपत्यकाका सबैजसो विद्यालय खुल्न लागेका हुन् ।

laxmi

केही विद्यालयले असारबाटै अनलाइन कक्षा सुरु गरेका थिए भने केहीले असोजबाटै भौतिक रुपमै पठनपाठन सुरु गरिसकेका छन् । संक्रमणको जोखिम कायमै रहेकाले सुरक्षा मापदण्ड अपनाएरै पठनपाठन गर्ने विद्यालयहरुले जनाएका छन् । केही विद्यालयले २ सिफ्टमा वा आलोपालो पढाउने तयारी मेत गरेका छन् ।

उपत्यका बाहिरका भने प्रायः सबै विद्यालय यसअघिनै नै सञ्चालनमा आइसकेका छन् । उपत्यकाका स्थानीय तहले शिक्षक र विद्यार्थीलाई अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएका छन् । कोरोना संक्रमणको जोखिम बढेपछि गत वर्ष चैतको पहिलो सातादेखि देशभरका विद्यालय बन्द भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL