Logo

कोरोना विरुद्धको औषधि ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालिन प्रयोगको अनुमति

कोरोना विरुद्धको औषधि ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालिन प्रयोगको अनुमति



काठमाडौं । सरकारले कोरोना भाईरस विरुद्धको खोप (कोभिसिल्ड)लाई नेपालमा आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागले शुक्रबार एक सूचनार जारी गर्दै सेरम ईन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको उक्त औषधि आपतकालिन प्रयोगका लागि अनुमति दिएको जानकारी दिएको हो ।

विभागले दुई दिन अघि आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो । ‘कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो । भारतले यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL