Logo

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कोइराला, वरिष्ठ उपाध्यक्ष र तीन सदस्य निर्विरोध चुनिए

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कोइराला, वरिष्ठ उपाध्यक्ष र तीन सदस्य निर्विरोध चुनिए



काठमाडौं । पोखरा उद्योग वाणिज्य संघको ३३औँ महाधिवेशनबाट अध्यक्षमा नारायण कोइराला विजयी भएका छन् । कोइराला प्रतिस्पर्धी विन्दु सुवेदीलाई ४१० मतान्तर गर्दै अध्यक्षमा निर्वाचित भएका हुन ।

घोषणा गरिएको मतपरिणामअनुसार कोइरालाले एक हजार एक हजार ३७५ मत प्राप्त गरेका छन् भने सुवेदीले ९६५ मत प्राप्त गरेका थिए । कोइराला अहिले सङ्घमा वरिष्ठ उपाध्यक्ष र सुवेदी उद्योगतर्फका उपाध्यक्ष थिए । तेत्तीसौँ अधिवेशनबाट सङ्घमा चार उम्मेदवार भने निर्विरोध भएका छन् । वरिष्ठ उपाध्यक्ष र तीन सदस्य निर्विरोध चुनिएका हुन् । पवनकुमार प्रजापति वरिष्ठ उपाध्यक्षमा निर्विरोध भएका हुन् । हर्कबहादुर अधिकारी र हरिहर सापकोटा कर्पोरेट सदस्यमा निर्विरोध निर्वाचित भए । औद्योगिकतर्फको सदस्यमा हीरामणि पण्डित पनि सर्वसम्मत् चयन भएका छन् ।

शनिबार भएको मतदानमा कूल तीन हजार ५४ मतदातामध्ये दुई हजार ३६५ मत खसेका थिए । उपाध्यक्ष (वाणिज्य)तर्फ अर्जुन पोखरेल, उपाध्यक्ष (उद्योग)तर्फ गोकर्ण कार्की निर्वाचित भए। यस्तै महासचिवमा सुरेन्द्रमान बिजुक्छे, उपमहासचिवमा केशवबहादुर खत्री, कोषाध्यक्षमा बलराम आचार्य निर्वाचित भए ।

अधिवेशनमा १० सदस्यका लागि १६ जनाको उम्मेदवारी परेकामा शोभा गौतम, देवेन्द्र केसी, कुमारी मुना बाँस्तोला, उत्तममान बुद्धाचार्य, सुदीप प्रधानाङ«ग, हरिराज पन्त, भरत केसी, दिनेशचन्द्र बाँस्तोला, सुदनबहादुर कोइराला र पवित्रादेवी गुरुङ निर्वाचित भएको निर्वाचन समिति संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए ।

चार जना वस्तुगत सदस्यतर्फ बालाकृष्ण कोइराला, राजन गोंगजु, बलराम तिमिल्सिना र रुपनारायण भुजेल निर्वाचित बएक छन् । नवनिर्वाचित अध्यक्ष कोइरालाले व्यवसायीको साझा उम्मेदवार बनेर अग्रज अनुभव र मार्गनिर्देशनबाट दुई वर्षे कार्यकालमा व्यवसायीको हक हितमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्षलाई सङ्घका निवर्तमान अध्यक्ष दामु अधिकारीले पद तथा गोपनीयताको शपथ खुवाए । निर्वाचित अध्यक्षले निर्वाचित अन्य पदाधिकारी तथा सदस्यलाई शपथ गराएका थिए ।-रासस

प्रतिक्रिया दिनुहोस्
MBL