Logo

चीनले दिने तेल आइतवार काठमाडौं आइपुग्दै, तेल लिन १२ ओटा ट्यांकर पठाइने

चीनले दिने तेल आइतवार काठमाडौं आइपुग्दै, तेल लिन १२ ओटा ट्यांकर पठाइने


बिजखबर संवाददाता
0
Shares

चीनले अनुदान स्वरुप दिन लागेको पेट्रोल आइतवार काठमाडौं आइपुग्ने भएको छ । भारतको अघोषित नाकाबन्दीले इन्धनको चरम खेपिरहेको नेपालीहरुका लागि चीनले १ हजार मेट्रिक टन तेल अनुदान दिने घोषणा गरेको थियो ।

सो तेलको पहिलो खेप शनिबारसम्म नेपाल चीनको नाका केरुङमा आइपुग्ने बताइएको छ । त्यस्तै नेपाली ट्यांकर शुक्रवार सो तेल लिन चीनतर्फ प्रस्थान गर्ने भएका छन् ।
नेपाल आयल निगमले पहिलो चरणमा १२ वटा ट्यांकरलाई पठाउन लागेको बताएको छ ।

ट्यांकरसँगै ट्यांकरसँगै आयल निगमका अपिधकारी पनि चीन जाने कार्यक्रम छ । चीनले रसुवागढीबाट २६ किलोमिटरको दुरीमा रहेको केरुङसम्म तेल ल्याइदिनेछ भने त्यहाँसम्म नेपाली ट्यांकर पुग्नेछ ।

बुधबार नेपाल र चीनबीच ब्यपारिक रुपमा इन्धन खरिद गर्नेबारे समझदारी पत्रमा हस्ताक्षर पनि भइससकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL