Logo

प्रतितोला ७ सय रुपैयाँले उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

प्रतितोला ७ सय रुपैयाँले उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार



काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले उकालो लागेको छ । शुक्रबार र आइतबार बढ्ने वा घट्ने नगरी तथष्ट रहेको पहेँलो धातुको मूल्यमा आज एकै पटक वृद्धि भएको हो ।

laxmi

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला ९४ हजार २ सय रुपैयाँ रहेकोमा आज प्रतितोला ९४ हजार ९ सय रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन आइतबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँ रहेकामा आज ७ सय रुपैयाँले वृद्धि भई ९४ हजार ४ सयमा कारोवार भएको छ ।

त्यस्तै चाँदी आज प्रतितोला १ हजार ३ सय १५ मा कारोवार भएको छ । चाँदी आइतबार १ हजार २ सय ८० मा कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL