Logo

आइएमई नेपाल लिटरेचर फेस्टिभल पुस १४–१५ सम्म पोखरामा, भर्चुअल रूपमा कार्यक्रम आयोजना हुने

आइएमई नेपाल लिटरेचर फेस्टिभल पुस १४–१५ सम्म पोखरामा, भर्चुअल रूपमा कार्यक्रम आयोजना हुने



काठमाडौं । आइएमई नेपाल लिटरचेर फेस्टिभलको नवौं संस्करण यही पुस १४ र १५ मा भर्चुअल रूपमा पोखरामा आयोजना हुने भएको छ । पुस १३ गते फेस्टिभलको पूर्वसन्ध्यामा शुभारम्भ साँझ हुनेछ । उक्त साँझमा प्रदीप रोदनसँग अमृत सुवेदीको मेहफिल कार्यक्रम हुने आयोजक संस्था बुकवर्म फाउन्डेसनले जानकारी गराएको छ ।

फेस्टिभलको यो संस्करणमा १६ सेसन र ४० जनाभन्दा बढी वक्ता रहनेछन् । सबै सत्रहरू भर्चुअल रूपमा गरिने भएकाले यस पटक दर्शकको उपस्थिति भने रहने छैन । फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवम् फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण हुनेछन् । नवौं संस्करणको फेस्टिभलमा साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्व वक्ताका रूपमा रहनेछन् ।

कोभिडका कारण लामो समयसम्म आफूहरू फेस्टिभलको नवौं संस्करण आयोजना गर्ने कि नगर्ने भन्ने अन्योलमा रहेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा फेस्टिभलका निर्देशक अजित बरालले बताए । उनले थपे, “भर्चुअल रूपमै भए पनि फेस्टिभललाई निरन्तरता दिनुपर्छ भन्ने आवाज उठेपछि फेस्टिभल आयोजनामा हामी जुटेका हौं ।”   

फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले पनि कोभिड–१९ को संक्रमणकालीन समयमा भौतिक रूपमा फेस्टिभल आयोजना गर्न आफूहरू असमर्थ भएको बताए । भर्चुअल रूपमै भए पनि फेस्टिभललाई निरन्तरता दिनुपर्छ भन्ने लागेर आफूहरू अघि बढेको उनको भनाइ छ । 

सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको प्राङ्गणबाट सुरु भएको लिटरेचर फेस्टिभल नवौं संस्करणसम्म आइपुग्दा यसले ठूलो उचाइ हासिल गरिसकेको छ । ‘ 

नवौं संस्करणका वक्ता एवम् मध्यस्तकर्ता
बिना थिङ तामाङ, रमेश भुसाल, चन्द्रप्रसाद ढकाल, सिलसिला आचार्य, राजकुमार बानियाँ, डा. रोलिना धिताल, रोशन मिश्र, निश्चल बस्नेत, विश्व पौडेल, आयुषी केसी, प्रियङ्का कार्की, रवीन्द्र पुरी, सोबिता गौतम, स्वेच्छा राउत, हरि खनाल, बिकेश कविन, चन्द्रप्रकाश बानियाँ, दुर्गा कार्की, आभास्ना पाण्डे, केशव दाहाल, कुवेर चालिसे, भाष्कर ढुङ्गाना, अरनिको पाण्डे, आलोक तुलाधर, मनुश्री महत, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, मञ्जुदेवी गुरुङ, सीता सुन्दास, प्रदीप रोदन, अमृत सुवेदी, सौगात वाग्ले, भावना तामाङ, जगन्नाथ लामिछाने, इल्या भट्टराई, यज्ञश, बोनिता शर्मा, दीपक परियार, सोनिका मानन्धर, बसन्त बस्नेत,  डा. अनुप सुवेदी, मिलन बगाले, शिवानी सिंह थारु, प्रकृति भट्टराई बस्नेत, निरञ्जन कुँवर, भिक्कु कश्यप वक्ता एवम् मध्यस्तकर्ता रहने छन् । 

प्रतिक्रिया दिनुहोस्
MBL