Logo

अमेरिकास्थित एनसीडीएचएचएसको दाबी-कोरोनाविरुद्धको भ्याक्सिनले २ महिनामात्र प्रतिरक्षाको काम गर्छ

अमेरिकास्थित एनसीडीएचएचएसको दाबी-कोरोनाविरुद्धको भ्याक्सिनले २ महिनामात्र प्रतिरक्षाको काम गर्छ



काठमाडौं । संयुक्त राज्य अमेरिकाको क्यारोलिनास्थित ‘नर्थ क्यारोलिना डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिस’ (एनसीडीएचएचएस) ले कोरोनाविरुद्धको भ्याक्सिनले दुई महिनामात्र कोरोनाविरुद्ध मानिसको शरीरमा इम्युन प्रणाली (प्रतिरक्षा प्रणाली) बनाउने दाबी गरेको छ । क्यारोलिनाको राज्यले कोभिडको बिरूद्धको भ्याक्सिनको डोज लिएपछि दुई महिना जति सुरक्षित हुन सकने उल्लेख गरेको छ ।

laxmi

‘यस अवस्थामा मेरो उत्तम अनुमान भनेको खोप (भ्याक्सिन) व्यापक रूपमा उपलब्ध हुनुअघि वसन्त ऋतुमा अवस्था राम्रो हुनेछ’, एनसी डीएचएचएसका सचिव डा म्यान्डी कोहेनले मंगलबार एक पत्रकार सम्मेलनमा भने ।

उत्तर क्यारोलिना स्वास्थ्य विभागले राज्यका बासिन्दालाई चाँडै कोभिड–१९ भ्याक्सिन पाउने आशा नगर्न पनि भनेको छ । र भ्याक्सिनको डोज लिएकाहरुका लागि पनि भाइरसविरुद्धको फाइजरको खोप दुई महिनाको लागि मात्र राम्रो हुन सक्ने उल्लेख गरेको छ ।

विभागले खोपपछि को सुरक्षा र भ्याक्सिन लगाइसकेका मानिसहरुमा कति लामो अवधि भाइरस प्रतिरक्षा हुन्छ भन्ने बारेमा थप जानकारी लिइरहेको बताएको छ । ‘हामी अझै सिक्दैछौं, प्रक्रिया पत्ता लगाउँदैछौं, हामी दिनमा कति खोपहरू दिन सक्छौं र कति व्यक्तिहरू खोप लिन आउँछन् डा. कोहेनले भने ।

नर्थ क्यारोलिनाको ‘कोभिड–१९ भ्याकिसन ब्यवस्थापन प्रणाली’ले भ्याक्सिन लिएकाहरु कति सुरक्षित छन् भनेर निश्चित गर्नका लागि र भ्याक्सिनको दोस्रो डोज सही समयमा उपलब्ध गराउनेबारे पनि काम गरिरहेको बताएको छ ।

यो प्रणाली अन्तरगत पहिलो डोज भ्याक्सिन दिएपछि दोस्रो डोजको लागि एपोइन्टमेन्ट लिन र फाइजर वा मोडर्ना जुन कम्पनीको खोप हो सोको जानकारीसहितको कार्ड दिईने र दोश्रो डोज सोही कम्पनीको दिइने जनाएको छ ।

मोर्डना खोप बिहीबार एफडीए प्यानलद्वारा अनुमोदन प्राप्त गर्न सक्ने बताइएको छ । क्यारोलिनका राज्यपाल रोय कूपरले अनुमति पाएलगत्तै खोपको १ लाख७५ हजार डोज अर्को हप्ता उत्तर क्यारोलिना आइपुग्ने बताएका छन् । – माइफक्सएटडटकमबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL