Logo

रसुवागढी नाका बिहीवारदेखि सञ्चालनमा,५० टन खाद्यान्न सीमा क्षेत्रमा आईपुग्यो

रसुवागढी नाका बिहीवारदेखि सञ्चालनमा,५० टन खाद्यान्न सीमा क्षेत्रमा आईपुग्यो


बिजखबर संवाददाता
0
Shares

नेपालको उत्तरी नाका रसुवागढी बिहीवारदेखि सञ्चालनमा आएको छ । भूकम्पपछि बन्द भएको नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाका आजदेखि सञ्चालनमा आएको हो ।
केरुङतर्फ सडक मर्मत सम्पन्न गरी औपचारिक रुपमा चिनियाँ सरकारका तर्फबाट डेपुटी डाइरेक्टर जनरल माक्विन्सङले आज बिहान ९ ३० बजे नाका खोलेको घोषणा गरेको जानकारी वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइरालाले दिए ।

रसुवागढी नाका खोलेको घोषणा गर्नुपूर्व चीन सरकारले दसैँका लागि नेपाललाई पठाएको छ वटा ट्रकमा राखिएको ५० टन खाद्यान्न सीमा क्षेत्रमा आइसकेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

नेपाललाई सहयोग गरिने बडादसैँका लागि खाद्यान्न एक करोड ६० लाख बराबरको भएको बताइएको छ । सीमामा सुरक्षा तथा राजस्व सङ्कलनमा कुनै कमी नआउने बताइएको छ ।

औपचारिक नाका घोषणा कार्यक्रममा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति, परराष्ट्र, गृह र अर्थ मन्त्रालयका प्रतिनिधि, भन्सार विभागका प्रतिनिधि, रसुवाका प्रमूख जिल्ला अधिकारी शीवराम गेलाल, नेपाली सेनाका प्रमूख सेनानी विक्रम गुरुङ, नेपाल प्रहरीका नायव प्रहरी उपरीक्षक अवधेश विष्ट तथा अध्यागमनका अधिकारी एवम् चिनियाँतर्फबाट राजदूतावासका प्रतिनिधि, अध्यागमनलगायत सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL