Logo

नियामकले स्रोतको छानविन गर्ने बताएसँगै किन खुम्चियो सेयर कारोबार, के बजारमा कालोधन भित्रिएकै हो ?

नियामकले स्रोतको छानविन गर्ने बताएसँगै किन खुम्चियो सेयर कारोबार, के बजारमा कालोधन भित्रिएकै हो ?



काठमाडौं । केही समयअघि दैनिक ९ अर्ब रुपैयाँभन्दा बढीको हाराहारीमा कारोबार हुन थालेको सेयर बजार पुन खुम्चिन थालेको छ । पछिल्लो समय कारोबार रकम उच्च रुपमा बढेपनि नियामक निकायले बजारमा भैरहेको लगानीको स्रोत छानविन गर्ने बताएसँगै बजार पुनः खुम्चिएको छ ।

laxmi

बजारमा उच्च रुपमा लगानी भित्रिएसँगै केही समय अघि धितोपत्र बोर्डले स्रोत खुलेको रकम (कालोधन) भित्रिएको आशंकामा लगानीको स्रोत खोज्ने बताएको थियो । साथै सोही अनुरुप पछिल्लो समय बजारमा भैरहेको ठूलो लगानीको स्रोत खोज्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई समेत लिखित रुपमै निर्देशन दिएको थियो ।

बोर्डको उक्त सक्रियता सेयर बजारमा कारोबार रकम खुम्चिन थालेको छ । सोही अनुरुप बजारमा कारोबार रकम घट्दै ५ अर्ब ७१ करोड रुपैयाँको मात्रै सेयर कारोबार भएको छ । नियामक निकाय धितोपत्र बोर्डले लगानीको स्रोत खोज्न सक्रियता बढाएसँगै बजारमा कारोबार रकम घट्नुले पछिल्लो समय सेयर बजारमा कालोधन भित्रिएको प्रमाणित हुने एक लगानीकर्ताले बताए ।

‘यदि लगानीकर्ताहरुले बजारमा स्रोत खुलेको रकम मात्रै लगानी गरेको भए नियामक निकायले छानविन गर्ने बताएसँगै किन कारोबार रकम घट्नु पथ्र्यो,’ ती लगानीकर्ताले भने, ‘जब नियामक निकायले बजारमा स्रोतको छानविनगर्ने बताउँछ त्यसपछि बजारबाट लगानी बाहिरिन्छ भने त्यहाँ कालोधनले प्रशय पाएको हुनुपर्छ ।’

मंगलबार बजारमा कारोबार रकम घट्नुका साथै सँगै नेप्से परिसुचक समेत घटेको छ । प्रिओपनिङमा २९ अंकले बढेको नेप्से परिसुचक अन्तिममा घट्न पुगेको हो । प्रि ओपनिङमा लगानीकर्ताहरु ब्लेण्ड चलेर नेप्से परिसुचक बढाएपनि अन्नत घट्न पुगेको हो ।

घट्दो बजारमा जलविद्युत र म्युचुअल फण्ड बाहेकका सबै परिसुचकहरु ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचकमा १३१ अंकको गिरावट आउँदा जीवन बीमा समुहको परिसुचक १२० अंकले घट्न पुगेको छ । यसैगरी बजारमा उत्पादनमुलक समुहको परिसुचक १०४ अंकले घट्दा व्यापार समुहको परिसुचकमा ८६ अंकको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL