Logo

बन्यो २४ घण्टामै कोरोनाभाइरस सर्न रोक्ने औषधि, यो औषधि खाएपछि संक्रमित गम्भीर बिरामी नहुने र छिटो निको पनि हुने

बन्यो २४ घण्टामै कोरोनाभाइरस सर्न रोक्ने औषधि, यो औषधि खाएपछि संक्रमित गम्भीर बिरामी नहुने र छिटो निको पनि हुने



काठमाडौं। औषधि खाएको २४ घण्टामै कोरोनाभाइरस संक्रमित बिरामीबाट अर्को व्यक्तिमा भाइरस सर्न रोक्ने औषधि बनेको छ । मोल्नुपिराभिर नामको यो एन्टिभाइरल औषधिको मानिसमा क्लिनिकल ट्रायल सुरु गरिँदैछ ।

यसको लागि भारतको काउन्सिल अफ साइन्टिफिक एण्ड इण्डष्ट्रियल रिसर्च (सिएसआइआर)को रणनैतिक समूहको बैठकमा यसबारे छलफल सुरु भएको छ । यो औषधिको प्रभावकारिताबारे नेचर माइक्रोबायोलोजीमा प्रकाशित शोधपत्रमा यो औषधिले कसरी २४ घण्टाभित्र भाइरसको प्रसार रोक्न सक्छ भन्नेबारे विस्तृतमा उल्लेख छ ।

 यो औषधिको विकास जर्जिया स्टेट युनिभर्सिटीले गरेको हो । विश्वविद्यालयका शोधकर्ताले प्रकाशित गरेको शोधपत्रमा कोरोनाभाइरस रोक्न सक्ने यो पहिलो ओरल एन्टिभाइरल औषधि भएको पनि दावी गरिएको छ ।

यो ओरल औषधि हो अर्थात खाने औषधि हो । यो औषधि मर्क र रिजब्याक नामका दुई फार्मास्युटिकल कम्पनीले मिलेर बनाउँदैछन् । यो औषधि खाएपछि बिरामी छिटो निको हुने र बिरामीको हालत गम्भीर स्थितिमा नपुग्ने पनि शोधपत्रमा दावी गरिएको छ ।

सिएसआइआरका निर्देशक डा. शेखर माण्डेले इण्डियन एक्सप्रेससँग कुरा गर्दै यो धेरै राम्रो खबर भएको बताएका छन् । डा. माण्डेका अनुसार यो औषधि मूल रुपले कोशिकाहरुमा आरएनएको एक अवरोधक हो र यसले भाइरस फैलिन दिँदैन ।

यो औषधिको जनावरमा गरिएको ट्रायलमा संक्रमण फैलिएन । यो नतिजापछि वैज्ञानिक निकै उत्साहित छन् । अब यो औषधिको भारतमा मानिसमा क्लिनिकल ट्रायलको तयारी गरिएको छ । – अमर उजालाबाट

प्रतिक्रिया दिनुहोस्
MBL