Logo

यी हुन् विश्वकै अग्लो स्थानमा रहेका प्रमुख शहरहरु, काठमाडौं सूचीको कति औं स्थानमा ?

यी हुन् विश्वकै अग्लो स्थानमा रहेका प्रमुख शहरहरु, काठमाडौं सूचीको कति औं स्थानमा ?



काठमाडौं । शहरलाई आर्थिक समृद्धि र विकासको सूचक मान्ने गरिन्छ । जसअनुसार विश्वका विभिन्न शहरहरुको तुलना र विश्लेषणहरु विभिन्न आँकडा तथा विशेषताअनुसार गर्ने गरिन्छ । शहरहरुसम्बन्धी अध्ययन गर्ने विभिन्न संस्था, निकाय तथ व्यक्तिहरुले विश्वका अर्बौ मानिसहरु अटाएका शरभित्रका विभिन्न रोचक तथ्यहरु बाहिर ल्याउँछन् ।

शहरहरु विश्वकै ठूला, धेरै मानिसहरु जाने, धेरै कमाउने, धेरै खर्च गर्नेलगायतका विभिन्न विशेषताहरुबाट विश्लेषण हुँदै आएको छ । तर, यो विश्लेषण भने फरक रहेको छ । अहिले जाडोयाम भएकाले उचाईका हिसावले सबैभन्दा जाडो हुने वा अग्ला स्थानमा रहेका शहरहरुको बारेमा यहाँ केही तथ्य प्रस्तुत गरिएको छ ।

जसमा १० लाखभन्दा बढी जनसंख्या र समुद्री सतहबाट १ हजार मिटरमाथि उचाईमा अवस्थित ५० शहरहरुको बारेमा विश्लेषण गरिएको छ । उक्त ५० शहरमध्ये २२ ओटा शहर त सम्बन्धित देशका राजधानी हुन् ।

जसको पहिलो सूचीमा रहेको छ बोलिभियाको ईआई अल्टो ला पेज शहर । उक्त सहरमा २० लाख बढी मानिसहरु बसोबास गर्दछन् । जुन जापानको फुजी हिमालभन्दा १ सय मिटर अर्थात समुद्री सतहबाट ३ हजार ८ सय ६९ मिटरको उचाईमा अवस्थित छ ।

यस्तै यसको दोस्रो स्थानमा रहेको छ इकवेडोरको राजधानी क्वीटो । उक्त शहर विश्वकै अग्लो स्थानमा रहेका शहरमध्ये दोस्रो स्थनमा पर्दछ । उक्त शहर २ हजार ७ सय ८४ मिटरको उचाईमा अवस्थित छ ।

यस्तै कोलम्बियाको राजधानी बोगोटो पनि २ हजार ६ सय १ मिटरको उचाईमा अवस्थित छ । जुन विश्वकै अग्लो स्थानमा रहेका उच्च ५ शहरभित्र पर्दछ । जुन विश्वकै चर्चित हिमाल माचु पीचुको उचाईभन्दा १ सय मिटरको उचाईमा अवस्थित छ ।

यस्तै नेपालको राजधानी काठमाडौं भने विश्वकै ३० औं स्थानमा पर्दछ । १ हजार ३ सय ५३ मिटरको उचाईमा रहेको काठमाडौंमा ३० लाख बढी मानिस बसोबास गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL