महासंघमा चुनाव हारेका सौरभ ज्योतिलाई पूर्वअध्यक्ष बुवा पद्म ज्योतिको सन्देश–गणनामा हारेपनि सबैको मन जितेका छौ


बिजखबर संवाददाता
30 November, 2020 4:04 pm

saurabh jyoti

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआइ) को शनिबार सम्पन्न निर्वाचनमा एसोसियटतर्फको उपाध्यक्ष पदमा सौरभ ज्योति पराजित भए । सौरभको पराजयपछि नेपालको प्रतिष्ठित औद्योगिक घराना ज्योति समूह तथा एफएनसिसीआई पूर्व अध्यक्षसमेत रहेका सौरभका बुवा पद्म ज्योतिले छोराका लागि मन छुने सन्देश दिएका छन् ।

FoneLoan-250x250
Yamaha
bajaj

यस्तो छ सन्देश :

‘एफएनसिसीआइका चुनावहरू सधैं रोमाञ्चक र थकाउने हुन्छन् । मेरो छोराले अन्तिम मिनेटमा आफ्नो चुनाव हार्यो। स्वभाविक रूपमा यसले परिवारलाई क्षणिक शोकको कारण बनायो। तर, यी कुराहरुले मलाई अचम्मित र गहिरो रूपमा छोयो कि उसका नजिकका टोलीको रूपमा सँगै काम गरेका तिनका साथीहरूको भावनाहरू हेर्नु थियो। तिनीहरू टुक्रिएका थिए र आँसुमा थिए। तब मैले महसुस गरे कि यो चुनाव कत्तिको सफल भयो।

चुनावको भोलिपल्ट मेरो नातिनीको जन्मदिन। उनले आफ्नो बुवा पहिलेको जस्तो आनन्दित र मजाक गर्ने भएको देख्दा खुशी लागेको बताइन् । त्यसैले चुनावको मत गणनामा हारेको भएपनि मेरा नातिनातिनीहरूले आफ्ना बुवालाई फिर्ता पाएका छन् ।

हाम्रो परिवारले एक छोरा, एक पति, एक भार्इ मायालु साथ फिर्ता पाएर जितेको छ। मेरो छोराले आफ्ना सच्चा साथीहरूसँगको अझ बलियो बन्धन जितेको छ । हाम्रो ज्योति समूहले एक शक्तिशाली सदस्यलाई नयाँ समयका लागि हाम्रो उदाउँदो व्यापार पुनर्निर्माण गर्न जितेको छ । एफएनसिसीआइले देशको आर्थिक सुधारको लागि काम गर्न युवाहरुको नेतृत्व टीम पाएको छ । त्यसोभए कसले चुनाव हारेको भन्छ ?’

प्रतिक्रिया दिनुहोस्