Logo

सुनको मूल्य ओरालो लाग्ने क्रम रोकिएन, प्रतितोला ९० हजारमा आइपुग्यो मूल्य

सुनको मूल्य ओरालो लाग्ने क्रम रोकिएन, प्रतितोला ९० हजारमा आइपुग्यो मूल्य



काठमाडौं । नेपाली बजारमा तिहारपछि लगातार ओरालो लागेको सुनको मूल्य घटने क्रम जारी रहेको छ ।

laxmi

पछिल्लो दुई सातायता निरन्तर खस्किएको सुनको मूल्य सोमबारसम्म ९० हजारमा झरेको छ। दुईसातामा सुन प्रतितोला पाँच हजारले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला सात सय रुपैयाँ घटेको छ। आइतबार ९० हजार सात सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९० हजार कायम भएको हो।

त्यस्तै, तेजाबी सुनको मूल्य भने ६ सय ५० रुपैयाँले घटेर आज ८९ हजार पाँच सय ५० कारोबार भइरहेको महासंघले जनाएको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला एक हजार एक सय २० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार एक हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL