Logo

आईतबार नेपालमा १२५५ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

आईतबार नेपालमा १२५५ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु



काठमाडौं । आईतबार नेपालमा थप १ हजार २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो। आज ८ हजार ८ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

त्यस्तै, संक्रमणबाट आजैमात्रै थप २५ जनाले ज्यान गुमाएको पुष्टि भएको छ। अहिलेसम्म संक्रमणबाट १ हजार ४ सय ५४ जनाले ज्यान गुमाएका छन्।

साथै, १ हजार ४ सय ४ जना निको भई घर फर्किएका छन् ।

अहिलेसम्म नेपालमा २ लाख ३० हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ११ हजार १ सय ८६ जनालाई निको भइसकेको छ। निको हुनेको दर ९१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

हाल देशभर १७ हजार ९ सय ९ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्
MBL