Logo

अमेरिकाको भिजिटर भिसामा नयाँ नियम, अमेरिकामा रहेका नेपालीलाई खुशीको खबर

अमेरिकाको भिजिटर भिसामा नयाँ नियम, अमेरिकामा रहेका नेपालीलाई खुशीको खबर



काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयले अमेरिकाको भिजिटर भिसाका लागि नयाँ नियम लागु गरेको छ। 

laxmi

नियम अनुसार ओभरस्टे दर उच्च भएका देशहरुका नागरिकले भिजिटर भिसाका लागि ५ हजारदेखि १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने भएको हो ।

धरौटीवापत कति रकम  राख्ने भन्ने निर्धारण भने भिसा कन्सुलर अधिकारीले नै गर्नेछन् । यो कार्यक्रम डिसेम्बर २४ देखि सुरु हुनेछ भने सन् २०२१ को जुन २४ सम्म लागु हुनेछ । 

यो अस्थायी अन्तिम नियम भएकाले यसमा कमेन्ट अवधि राखिएको छैन ।  भिसा आवेदकको अवस्था हेरेर धरौटी राख्नुपर्ने वा नपर्ने निर्धारण गर्ने अधिकार भिसा कन्सुलर अधिकारीलाई दिइएको छ भने यदि तोकिएको समयमा नफर्केको खण्डमा राखेको धरौटी रकम डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र आइसले लिनेछ ।

यो नियम नेपालको हकमा भने लागु हुने छैन् । नेपालीहरुको ओभरस्टे दर जम्मा ३ दशमलव ३८ प्रतिशतमात्र रहेका कारण नेपालीका सन्दर्भमा यो नियम लागु हुनेछैन ।

भिजिटर भिसामा १० प्रतिशतभन्दा बढी ओभरस्टे दर भएका देशका नागरिकका लागि यो नियम लागु हुनेछ । आर्थिक बर्ष २०१९ को रिपोर्ट अनुसार यो दर निर्धारण गरिएको हो । 

अफगानिस्तान, एंगोला, भुटान, बर्मा, बुरुण्डी, बुर्किना फासो, चाड, कंगो, इरान, लाओस, लिबिया, सुडान लगायतका देशको सन्दर्भमा भने यो नियम लागु हुनेछ । 

प्रतिक्रिया दिनुहोस्
MBL