Logo

महासंघ भन्छ, अध्यक्ष राणाले विशेष अधिकार अन्तरगत होटल बुकिङ गर्न लागेको हो, कार्यसमिति भन्छ–अधिकार दिईएको छैन

महासंघ भन्छ, अध्यक्ष राणाले विशेष अधिकार अन्तरगत होटल बुकिङ गर्न लागेको हो, कार्यसमिति भन्छ–अधिकार दिईएको छैन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अध्यक्ष भवानी राणाले आफ्नो विशेष अधिकार अन्तरगत नै जिल्ला नगरका अध्यक्ष तथा प्रतिनिधिलाई राख्नका लागि होटल बुकिङ गर्न लागेको जानकारी दिएको छ । आईतबारनै बिजखबरले अध्यक्ष राणाले एकलौटी रुपमा होटल बुकिङको नाममा आर्थिक हिनामिना गर्न लागेको समाचार प्रकाशित गरेपछि महासंघले विज्ञप्ती नै जारी गरेर निर्वाचनलाई स्वास्थ मापदण्ड पालना गर्ने विषयमा कार्यकारिणी समितिले सम्पूर्ण अधिकार अध्यक्षलाई प्रदान गरेको र सोही अनुरुप होटल बुकिङ गर्न लागेको जानकारी दिएको छ ।

‘हामीलाई नेपाल सरकारले निर्वाचन गर्न दिएको स्वीकृतिमा पनि नेपाल सरकारले तोकेको स्वाथ्य मापदण्ड पूर्णरुपमा पालना गर्नु भनिएकोले सोहि अनुसार बाहिरी जिल्लाहरूबाट आउने निर्वाचन प्रतिनिधिहरू तथा जिल्ला तथा नगर उद्योग संघका प्रतिनिधिहरूलाई कोभिड १९ को संक्रमणबाट बचाउ“दै उहा“हरुको मतदान गर्ने अधिकार सुनिश्चित गर्न महासंघले यस पटक स्वास्थ्य मापदण्ड पालना गरेको होटलमा सुरक्षितसाथ राख्ने व्यवस्था मिलाउन लागेको हो,’ महासंघद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सो विषयलाई अनर्गल प्रचार गरी सार्वजनिकरुपमा भ्रम फैलाईएकोमा महासंघ आपत्ति प्रकट गर्दछ ।’

यस्तो अनर्गल प्रचार गरी महासंघ र अध्यक्ष तथा समग्र निजी क्षेत्रकै छबिलाई धमिल्याउने र बदनाम गर्ने प्रयास गरिनु कदापी राम्रो नभएको समेत विज्ञप्तीमा उल्लेख छ । साथै सबैको सरसल्लाह र व्यापक छलफल पश्चात गरेका निर्णयलाई आफनो स्वार्थ अनुकुल प्रचार प्रसार गरिनु दुःखद रहेको भन्दै विषम परिस्थितिमा हुन लागेको महासंघको आसन्न निर्वाचनलाई कोभिड १९ को संक्रमणबाट सुरक्षित बनाई निर्वाचन सम्पन्न गराउन सकारात्मक र रचनात्मक भुमिका खेलिदिनका लागि समेत महासंघले अनुरोध गरेको छ ।

तर, कार्यसमिति सदस्यहरुसँग बुझ्दा यस विषयमा अध्यक्ष राणालाई कुनै अधिकारी नदिइएको जानकारी दिएका छन् । ‘अहिलेसम्म जिल्ला अध्यक्ष तथा प्रतिनिधिलाई होटल बुक गरेर राख्ने भन्ने विषयमा कुनै छलफल समेत भएको छैन,’ कार्यसमितिका एकजर्दन भन्दा बढी सदस्यहरुले बिजखबरलाई भने, ‘छलफल नै नभएको विषयमा कसैले पनि अध्यक्षलाई एकलौटी अधिकार दिइएको छैन, यस विषयमा महासंघ सचिवालयले समेत झुट विज्ञप्ती जारी गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL