Logo

एकैदिन ६ अर्ब ११ करोड बढीको सेयर कारोबारपछि सेयर बजारमा नयाँ रेकर्ड, नेप्से ३६ अंकले बढ्यो

एकैदिन ६ अर्ब ११ करोड बढीको सेयर कारोबारपछि सेयर बजारमा नयाँ रेकर्ड, नेप्से ३६ अंकले बढ्यो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्च नेप्सेमा अहिलेसम्मकै धेरै रकमको कारोबारको रेकर्ड बनेको छ ।

laxmi

बिहीबार एकैदिन कूल १९८ कम्पनीको एक करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर रु छ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ बराबरको कारोबार भएसँगै नयाँ रेकर्ड बनेको हो । यसअघि २०७६ साल फागुन १८ गते ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजारको सेयर कारोबार भएको रेकर्ड थियो ।

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक पनि ३६ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज १७४१.८ बिन्दुको सुरु भएको कारोबार ३६.३२ विन्दुले वृद्धि भई १७७८.१२ मा पुगेको छ ।

यस्तै, सेन्सेटिभ परिसूचक भने ४.९८ अंकले बढेर ३४३.०७ मा पुगेको हो । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै उपसमुह उकालो लागेको छन ।

प्रतिक्रिया दिनुहोस्
MBL