Logo

बजारमा सहजता ल्याउन आलु प्याजमा नयाँ रणनीति अवलम्बन गर्दै भारत, नेपालमा अझै अभाव हुने

बजारमा सहजता ल्याउन आलु प्याजमा नयाँ रणनीति अवलम्बन गर्दै भारत, नेपालमा अझै अभाव हुने



काठमाडौं । भारत सरकारले दिवाली अघि २५ हजार टन प्याज र ३० हजार टन आलु आयात गर्ने योजना बनाएको छ । भारतस्थित उपभोक्ता मामिला मन्त्री पीयुस गोयलका अनुसार सरकारले प्याज र आलुसँगै दाल आयातमा पनि कानुनी अड्चनलाई खुकुलो पार्ने बताएका छन् ।

laxmi

केन्द्र सरकारले यससँगै आगामी जनवरीसम्मका लागि बिना लाईसेन्स १० लाख टन आलु १० प्रतिशत सहुलियत दरमा आयात गर्न दिने समेत निर्णय गरेको छ । उपभोक्ता मामिला मन्त्री गोयलका अनुसार हालसम्म ७ हजार टन प्याज विभिन्न देशहरुबाट आयात भईसकेको छ । बाँकी २५ हजार टन प्याज दिवालीभन्दा अघि आउनेगरी अर्डर गरिएको छ ।

साथै अवको केहीदिनमा भुटानबाट भारतमा ३० हजार टन आलु आयात गर्न लागिएको उनको भनाई छ । भारत सरकारले आगामी दिनमा मूल्यमा स्थिरता ल्याउनका लागि तरकारी र दाल आयातलाई बढाई देशभित्र अभावको सिर्जना नगराउने नीति लिएको छ ।

उपभोक्ता मन्त्री गोयलका अनुसार खाद्य पदार्थको मूल्य स्थिर बनाईराख्न अभाव हुन लागेको वस्तु आयातमा खुकुलोपन र निर्यातमा कडाई गरिँदैछ । यसरी भारतमा अभाव हुन लागेको वस्तु बाहिरबाट मगाउनुपर्ने स्थिति आएपछि यसको असर नेपालमा पनि पर्ने देखिएको छ । भारतले केहीदिनमात्रै प्याजको निर्यात रोकिदिँदा आकाश छुने प्याजको मूल्य नेपालमा पुनः उकालो लाग्ने अनुमान गरिएको छ ।

नेपालले आयात गर्ने मुलुकमै आलु प्याजको संकट आईपर्दा आगामी दिनमा नेपालमा अmझै बढी समस्या पर्ने सरोकारवालाहरु बताउँछन् ।
बिजखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्
MBL