Logo

नेकपा सचिवालय वैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे छलफल, अर्थमन्त्री कसको भागमा पर्ला ?

नेकपा सचिवालय वैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे छलफल, अर्थमन्त्री कसको भागमा पर्ला ?



काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे नीतिगत छलफल शुरु भएको छ । पार्टी कार्यालय पेरिसडाडाँमा आइतबार बसेको बैठकमा नेताहरुले यसबारे आ–आफ्नो धारणा राखेका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनबारे विभिन्न कोणबाट छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले जानकारी दिए । बैठकका अरु एजेण्डामा छलफल गर्न भोलि १ बजे फेरि बैठक बस्ने जनाइएको छ ।

मन्त्रपिरिषद पनर्गठनमा सबैभन्दा महत्वपूर्ण मानिएको अर्थमन्त्रीमा आ–आफ्नो दाबी र आफु निकटकालाई ल्याउन नेकपाभित्र व्यापक कसरत भइरहेको छ । निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडालाई आफ्नो आर्थिक सल्लहाकार नियुक्त गरेर प्रधानमन्त्रीले हाल आफुसँग रहेको अर्थ मन्त्रालय आफैले हाक्न खोजिरहेका छन् ।

यता भर्खरै राष्ट्रियसभा सांसद बनेका बामदेव गौतम अर्थान्त्रीमा आफ्नो दाबी गरिरहेका छन् भने प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि अर्थमन्त्री बन्न पाए मन्त्री बन्ने दाउमा छन् । अर्कोतर्फ नेकपाभित्र सुरेन्द्र पाण्डे, विष्णु पौडेललगायतको नाम पनि अर्थमन्त्री बन्न सक्ने चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL