Logo

नेपाललाई सहयोग गर्न चीन सकारात्मक, आवश्यक उपभोग्य सामग्री आपूर्ति गर्नसमेत तयार

नेपाललाई सहयोग गर्न चीन सकारात्मक, आवश्यक उपभोग्य सामग्री आपूर्ति गर्नसमेत तयार


रामराजा श्रेष्ठ
0
Shares

११ असोज,काठमाडौं । चीनले तातोपानी र रसुवागढी दुवै नाका खोलेर नेपालमा उपभोग्य सामग्री आपूर्ति सहज बनाउन आफु तयार रहेको बताएको छ । मधेसको आन्दोलनलाई कारण देखाउँदै भारतले अघोषित रुपमा नाका बन्द गरिरहेको बेलामा चीनले नेपाललाई आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

भारतले तेलसहितका उपभोग्य सामग्री आपूर्तिमा अवरोध सिर्जना गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को अन्तरराष्ट्रिय विभागमा नेपालसहित दक्षिण तथा दक्षिणपूर्व एसिया मामिला हेर्ने उपमन्त्री छन फेङस्याङले शुक्रबार बेइजिङमा राजदूत महेश मास्केसँग भएको भेटवार्तामा यस्तो बताएका थिए । सो भेटवार्तामा नेपालसँगको नाका खोल्ने कामलाई चीनले पहिलो प्राथमिकतामा राखेको उनले जानकारी दिए।

दशैं नजिक आएकाले तातोपानी र रसुवागढी नाका खोलेर सीमा व्यापार सुचारु गरिए धेरै नेपालीले सहजता महसुस गर्ने बताएका थिए । उपमन्त्री छनको जवाफ उद्धृत गर्दै राजदूत मास्केले भने, ’नेपाललाई आवश्यक उपभोग्य सामग्री आपूर्ति गर्नसमेत चीन तयार छ ।’

वैशाख १२ को भूकम्पमा पहिरो गएपछी बन्द भएका तातोपानी र रसुवागढी नाका अझै खुलेका छैनन् ।

राजदूत मास्केका अनुसार छन दसैँअघि नै नाका खोल्न चीन अग्रसर छन् । उपमन्त्री छनले भारतको अप्रत्यक्ष नाकाबन्दी जारी रहे चीनले नेपाललाई सहयोग गर्ने संकेत दिएका छन् ।साथै नयाँ संविधान जारी गरेर पुनर्निर्माण र आर्थिक विकासतिर अग्रसर भएकोमा नेपाललाई बधाई समेत दिए । छनले सो अवसरमा वार्ताद्वारा मधेसको आन्दोलनको समाधान खोज्न नेपाललाई सुझाव दिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL