बिजखबर संबाददाता
११ असोज,काठमाडौं । विश्व बैंकले नेपाललाई २ अर्ब रुपैयाँ (२ करोड अमेरिकी डलर) ऋण दिने भएको छ । नेपालको ऊर्जा क्षेत्र सुधार र दिगो जलविद्युत् विकास परियोजनाका लागि दिइने ऋण केही दिनअघि स्वीकृत भएको विश्व बैंकले जानकारी दिएको छ ।
अन्तरराष्ट्रिय अभ्यास तथा मापदण्डअनुसार जलविद्युत् आयोजनाको उत्पादन र प्रसारण योजना बनाउन ऊर्जा क्षेत्रका संस्थाको क्षमविद्युतगृहता सुदृढीकरणलगायतमा सो ऋण खर्च गरिनेछ । संखुवासभामा पर्ने माथिल्लो अरुण र इखुवा खोला जलविद्युत् आयोजनाको विस्तृत अध्ययनमा सो ऋण खर्चहुने छ ।
आयोजनाको लागत ४४ करोड ५५ लाख ४० हजार अमेरिकी डलर हुने अनुमान गरिएको छ । आयोजनाबाट वार्षिक रूपमा २ अर्ब ७३ करोड ४२ लाख युनिट ऊर्जा उत्पादन हुने देखाएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् स्थिर इनर्जी (फर्म) हो ।
प्राधिकरणका अनुसार वार्षिक रूपमा उत्पादन हुने बिजुलीमध्ये ६० प्रतिशतभन्दा बढी हिउँदमा हुन्छ । अरुण तेस्रोको विद्युत्गृह रहने नुमबाट २४ किलोमिटर माथि रहेको माथिल्लो अरुणमा लगानी गर्न विश्व बैंकले इच्छा व्यक्त गरेको हो । नुमसम्म सडक पुगिसकेको छ ।