Logo

नागरिक लगानी कोषको शाखा पोखरामा, सीआईटी एसएमएस सेवा शुरु

नागरिक लगानी कोषको शाखा पोखरामा, सीआईटी एसएमएस सेवा शुरु


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवादादता

७ असोज, काठमाडौं । नागरिक लगानी कोषले पोखरामा शाखा विस्तार गरेको छ । अर्थमन्त्री डा रामशरण महतले एक कार्यक्रमबीच उक्त शाखा उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री महतले सेयर बजारमा स्थिरता ल्याउन कोषले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताएका छन । ‘कोषले बजार निर्माताको काम गरी पुँजी बजारमा स्थायत्वि ल्याउनु पर्छ,’ शाखा उद्घाटन गर्दै उनले भने, ‘सेयर बजारमा हुने अत्याधिक उत्तार चढावलाई रोक्न तत्काले कोषले बजार निर्माताको काम गर्ने छ ।’ साथै, सरकारले बजेटमै व्यवस्था गरेर बजार निर्माताको काम गर्ने जिम्मेवारी कोषलाई दिएको उनले जानकारी दिए ।

सोही अवसरमा मन्त्री महतले कोषमा जम्मा भएको करिव ७० अर्ब रुपैयाँ राष्ट्रिय विकासका परियोजनामा परिचालन गर्न सके आर्थिक वृद्विमा थप सहयोग पुग्ने धारणा राखे । साथै, बचत रकमको सदुपयोग गर्न कोषलाई आग्रह गरे । बन्द र हडताल सदाको लागि अन्त्य गर्नुपर्ने बताउँदै बन्दले देश गरिवी तर्फ धकेलिने जानकारी दिए । साथै महतले वार्ता र सम्वादबाट सबै समस्या समाधान हुने हुँदा यस तर्फ सम्वेदनसिल बन्न पनि सवैसंग आग्रह गरे ।

सो अवसरमा मन्त्री महतले सिआइटी एसएमएस सेवाको पनि प्रारम्भ गरेका थिए । कोषले पहिलोचोटी यो सेवा सुरु गरेको हो । कर्मचारी वचत वृद्धि स्विकृत अवकाश कोषका सेवाग्राहीले अब मोवाइलबाट पनि सहजै कोषमा जम्मा भएको रकम हेर्न सक्छन । यसबाट करिव एक लाख ६१ हजार सेवाग्राहीले सुविधा पाउने अपेक्षा कोषले गरेको छ । सोही अवसरमा अर्थमन्त्री डा महतले दीर्घकालिन रणनीतिक योजना २०७२÷७३ देखी २०७६÷७७ को पनि बिमोचन गरे । सो रणनीतिमा कोषको ५ बर्षे खाका स्पस्ट पारिएको छ ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले कोषको गतिविधि माथी प्रकाश पार्दे कोषको नयाँ शाखाले नया उमंग थपेको प्रतिक्रिया व्यक्त गरे । उनले दीर्घकालिन सोच, ध्येय र लक्ष्यका साथ कोष अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे । पोखरेलले कोषको सेवाग्राहीलाई सहजता प्रदान गर्न सिआइटी एसएमएस सेवा सुरु गरेको बताउदै भविस्यमा सेवा ग्राही लक्ष्यित कार्यक्रमलाई प्राथामिकता दिने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL