Logo

नयाँ संविधानलाई अमेरिका र पाकिस्तानद्धारा स्वागत, शान्ति तथा समृद्धिको कामना

नयाँ संविधानलाई अमेरिका र पाकिस्तानद्धारा स्वागत, शान्ति तथा समृद्धिको कामना


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
५ असोज,काठमाडौं । नेपालको संविधानलाई अमेरिका, पाकिस्तान तथा चीनले स्वागत गरेको छ । अमेरिकाले लोकतान्त्रिक, संघीय तथा समावेशी संविधान ल्याएकोमा नेपाली जनतालाई बधाइ दिएको छ।

अमेरिकी विदेश मन्त्रालयलका प्रवक्ता जोन कर्बीले मंगलबार वक्तव्य जारी गर्दै स्वागत तथा बधाइ दिएका हुन् । अमेरिकाले नेपाली जनतालाई उनीहरूको लोकतन्त्रप्रतिको दृढ प्रतिबद्धताका लागि बधाई ज्ञापन गर्दछ । विज्ञप्तिमा उल्लेख छ ‘नेपालको लोकतान्त्रिक यात्रामा संविधानको घोषणा एक महत्त्वपूर्ण कोसेढुंगा हो ।’

साथै अमेरिकाले नेपाल सरकारले सबै नेपालीका विचारहरू समेट्न सुझाव समेत दिएको छ । अमेरिकाले वैशाखको भूकम्पपछि पुनर्निर्माणमा जुटेको यस घडीमा संयुक्त राज्य अमेरिका सहयोग गर्न तयार रहेको जानकारी दिएको छ ।

त्यस्तै पाकिस्तानले नेपालमा नयाँ संविधान जारी भएकोमा बधाई दिएको छ । साथै नेपालको शान्ति तथा समृद्धिको समेत कामना गरेको छ । चीन, नर्वेलगायतका मुलुकहरुले यसअघि नै स्वागतसहित बधाइ दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL