Logo

पिस आईज लायन्स क्लबद्वारा तीन व्यक्तिलाई सम्मान

पिस आईज लायन्स क्लबद्वारा तीन व्यक्तिलाई सम्मान


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
४ असोज, काठमाडौं ।
विभिन्न क्षेत्रमा योगदान दिएवापत तीन जना व्यक्ति सम्मानित भएका छन् । काठमाडु पिस आईज लायन्स क्लबले स्वास्थ्य शिक्षा, सामाजिक र लोक संस्कृतिक क्षेत्रमा योगदान गरेका तीन जना व्यक्तिलाई सम्मान गरेको छ ।
क्लबले  शिक्षा स्वास्थ शिक्षा क्षेत्रका लागि डा. अर्जुन कार्की, सामाजिक क्षेत्रका लागि सुमन भट्ट र नेपालको लोक संस्कृति क्षेत्रका लागि नविन कुमार खड्कालाई सम्मान गरेको हो । काठमाडौंमा सोमवार आयोजित कार्यक्रमबीच उनीहरुलाई ताम्रापत्र सहित सम्मान गरिएको क्लबका अध्यक्ष सुरेश लामिछानेले बताए ।
सम्मानित कार्कीले पाटन युनिभर्सिटि अफ हेल्थ साईन्स (पीयूएचएस)को स्थापनाका लागि प्रयत्न गरिहेका छन् । पाटन अस्पतालको मेडिशिन विभागका प्रमुख कार्कीले नेपालको स्वास्थ्य शिक्षा तथा क्लिनिकल प्राक्टिसमा योगदान दिदै आएका छन् । त्यस्तै, लोक संस्कृतिमा योगदान दिएवापत सम्मानित भएका खड्काले लोक नृत्य, गायन तथा संगित र विभिन्न जातजातीको क्षेत्रमा अनुसन्धान गर्दै आएका छन् । उनले ४५ ओटा उल्बम निकालेका छन् भने ३ सय भन्दा बढी गीत गाएका छन् । खडकाले १० ओटा धार्मिक पुस्तक समेत प्रकाशित गरेका छन् । सम्मानित भट्ट विगत २५ वर्षदेखि सामाजिक कार्यमा सक्रिय छन् । उसुका कोच समेत रहेका भट्ट लियो मल्टीपलका प्रेसिडेन्ट समेत भएका थिए ।
उक्त अवसरमा नेपालका लागि श्रीलङ्काका राजदूत डब्ल्यू एम सेनेभिराथनले सम्मानित सवैलाई बधाई दिए । उनले क्लबको प्रशंसा समेत गरे । कार्यक्रममा क्लबका डिष्ट्रिक गभर्नर ध्रुब बहादुर थापा, आईसीटी एसोसिएसन अफ नेपालका महासचिव शोभन सैंजुलगायतको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL