Logo

आईतबारदेखि १५ दिनका लागि काठमाडौं उपत्यका सर्टडाउन गर्ने निर्णय, नागरिकता र राहदानी बितरणमा रोक

आईतबारदेखि १५ दिनका लागि काठमाडौं उपत्यका सर्टडाउन गर्ने निर्णय, नागरिकता र राहदानी बितरणमा रोक



काठमाडौं । काठमाडौं उपत्यकामा आईतबारदेखि आगामी २ सातासम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने भएका छन् । शुक्रबार काठमाडौं उपत्यकाका ३ वटै प्रमुख जिल्ला अधिकारी (सिडीओ) हरुले आगामी २ साता सर्टडाउन अर्थात अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।

laxmi

उक्त बैठकले आईतबारदेखि लागु हुनेगरी सर्टडाउन गर्ने निर्णय गरेको हो । यस्तै बैठकले तीनै जिल्लाका प्रशासनिक कार्यालयहरुले नागरिकता र पासपोर्ट वितरणसमेत बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै जाँदा यस्तो निर्णय लिनुपरेको हो ।

यस्तै धेरै भिडभाड हुने भन्दै पासपोर्ट र नागरिकता वितरण सेवा समेत बन्द गरिने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL