Logo

टेकु महाबौद्ध सिल गर्ने निर्णय, तत्काल लकडाउन नहुने, जहाँ संक्रमण देखियो त्यहाँ सिल गर्ने तयारी

टेकु महाबौद्ध सिल गर्ने निर्णय, तत्काल लकडाउन नहुने, जहाँ संक्रमण देखियो त्यहाँ सिल गर्ने तयारी



काठमाडौं । काठमाडौं उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले टेकु महाबौद्ध एरिया सिल गर्ने निर्णय गरेको छ । पछिल्लो समय बढिरहेको संक्रमणका कारण झन खतरा आउन सक्ने भन्दै बैठकले उक्त निर्णय गरेको हो ।

laxmi

उपत्यकामा कोरोना संक्रमण बढेसँगै आगामी दिनको रणनीति तय गर्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको थियो । उक्त बैठकले तत्काल लकडाउन नगरेपनि संक्रमण बढी देखिएको स्थानमा भने सिल गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक बाहेकका सेवा रोक्ने पनि सहमति भएको छ । सपिङ मल, व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भएको वा नभएको चेकजाँच गर्ने र पालना नगरी सञ्चालन भएकालाई बन्द गर्ने सहमति समेत उक्त बैठकमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL