Logo

चुनावी बिषयलाई लिएर महासंघ पदाधिकारी बैंठकमा भाडभैलौ, ५० प्रतिशत सदस्यको नोटअफ डिसेन्ट

चुनावी बिषयलाई लिएर महासंघ पदाधिकारी बैंठकमा भाडभैलौ, ५० प्रतिशत सदस्यको नोटअफ डिसेन्ट



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी बैंठकले कानुन विपरित चुनावी मिति सारेको भन्दै ५० प्रतिशत पदाधिकारीहरुले ‘नोटआफ डिसेन्ट’ लेखेका छन् । असार ८ गते बसेको महासंघ केन्द्रिय कार्यसमिति बैंठकले चुनावी प्रक्रियामा प्रवेश गरेपछि पदाधिकारीले दैनिक कामचलाउ बाहेक अन्य कुनै पनि विषयमा निर्णय गर्न नसक्ने निर्णय गरेपनि आज बसेको पदाधिकारी बैंठकमा संस्थापन पक्षले एकलौटी रुपमा आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर चुनावी मिति सारेपछि ढकाल पक्षले असहमति जनाउँदै नोटअफ डिसेन्ट लेखेका हुन् ।

laxmi

महासंघको असार ८ गते बसेको केन्द्रिय कार्यसमिति बैंठकले चुनावी मिति तोक्ने तथा चुनाव स्थगित गर्ने अधिकार स्थायी समिति र केन्द्रिय कार्यसमितिको मात्र भएको निर्णय गरेको थियो । तर, आज बसेको पदाधिकारी बैंठकले आफ्नो अधिकारभन्दा बाहिर गएर यहि साउन २६ र २७ गते हुने महासंघको निर्वाचनको मिति सारेको भन्दै ५० प्रतिशत पदाधिकारी विरोधमा उत्रिएका हुन् । संस्थापन पक्षले भने चुनावी मिति सार्दै सरकारले सभा सम्मेलन गर्न खुला गरेको १५ दिनपछि मात्रै चुनाव गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

महासंघ कार्यसमितिमा अध्यक्ष भवानी राणा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यहरु किशोर प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्रप्रसाद ढकाल र कोषाध्यक्ष निरक केसी पदाधिकारी रहेका छन् । जसमध्ये विशिष्ट सदस्य चण्डीराज ढकाल, उपाध्यक्ष द्वय उमेशलाल श्रेष्ठ र चन्द्रप्रसाद ढकाल तथा कोषाध्यक्ष निरक केसीले यहि साउन २६ र २७ गते हुने लागेको महासंघको ५४ औं साधारणसभा तथा निर्वाचन रोकेको भन्दै असहमति जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL