Logo

अर्थमन्त्री खतिवडा र युरोपेली युनियनका राजदूत वेरोनीकाबीच भेट, नेपालको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता

अर्थमन्त्री खतिवडा र युरोपेली युनियनका राजदूत वेरोनीकाबीच भेट, नेपालको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि युरोपियन युनियनका राजदूत वेरोनीका कोडीबीच भेट भएको छ । सोमबार अर्थ मन्त्रालयमा उक्त शिष्टाचार भेट भएको हो । आफ्नो ३ बर्षे कार्यकाल पुरा गरी ब्रसेल्स फर्कन लागेकी राजदूतले अर्थमन्त्री सँग बिदाई भेट गरेकी हुन ।

laxmi

उक्त भेटमा अर्थमन्त्री खतिवडाले युरोपियन युनियनले नेपालको आर्थिक विकासमा पुर्याएको महत्वपूर्ण सहयोगका लागि धन्यवाद दिएका थिए । उनले निरन्तर सहयोगका लागि अनुरोध समेत गरेका छन् । अर्थमन्त्रीले बहुधु्रवीय विश्व निर्माणमा युरोपियन युनियनले महत्वपूर्ण वैकल्पिक राजनीतिक शक्तिको भूमिका निर्वाह गरेको, नेपाल युरोपियन युनियनसँगको सहकार्यलाई थप उचाईमा लैजान इच्छुक रहेको र सवल युरोपको पक्षमा रहेको धारणा व्यक्त गरेका छन् । उनले युरोपियन युनियनले नेपालको व्यापार, रोजगारी, लगानी, पर्यटन र आर्थिक पुर्नउत्थानमा योगदान बढाउन सक्ने विश्वास व्यक्त गदैं नेपालले पाउने बजेट सहायताले नेपालप्रतिको विकास साझेदारको विश्वासलाई प्रतिविम्वित गरेको उल्लेख गरे ।

आर्थिक/वित्तीय/श्रम लगायत हवाई यातायात, पर्यटन क्षेत्रमा नेपालले आफ्नो प्राथमिकता बढाएको र आर्थिक तथा वित्तीय उत्तरदायित्व सम्बन्धी कानूनी व्यवस्था गरी सुशासन, पारदर्शिता र सुधारप्रति प्रतिवद्धता सुदृढ गरेको कुरा जानकारी दिए । यस्तै उनले बजेट सहयोग, सार्वजनिक वित्तीय व्यवस्थापनका क्षेत्रमा गरिने कार्यलाई नतिजासंग आवद्ध गर्ने प्रयास गरिएको बताए ।

माननीय अर्थमन्त्रीले अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति लगायत हवाई सुरक्षा सम्बन्धी कार्यमा नेपाल सरकारले उच्च प्राथमिकता दिएको र युरोपियन पर्यटकहरुको गन्तव्य नेपाललाई बनाउने प्रयास रहेको सन्दर्भमा युरोपियन युनियनले नेपालको युरोपका देशहरुमा हुने उडानलाई अनुमति दिन अनुरोध गरे । उनले धेरै किसिमका विश्वव्यापी एजेण्डामा नेपाल र युरोपियन युनियन सहकार्यमा रहेको बताउँदै साझा हितका सवालमा संगसंगै प्रगति गर्दै जानुपर्ने धारणा राखे ।

नेपालले युरोपियन युनियनसंगको सहकार्यमा राम्रो कार्य गरिरहेको आफ्नो धारणा व्यक्त गर्दै राजदुत कोडीले युनियनले नेपालको विकासका लागि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र बजेट सहयोग लगायत कोभिड—१९ सम्बन्धी सहयोग समेत आगामी दिनमा निरन्तर रहने कुरा बताइन । युरोपियन युनियनको ७ बर्षे सहायता चक्र यसै बर्ष समापन भै अर्को चरणको ७ बर्षे चक्र थालनी हुने हुँदा त्यसमा समेत नेपाललाई प्राथमिकतामा राखी सहयोग गर्ने प्रतिवद्धता उनले व्यक्त गरेकी छन् ।

पहिलो चरणमा ३६० मिलियन युरो बराबरको सहायताबाट शिक्षा, स्वास्थ्य, पोषण, पूर्वाधार, कृषि, मानव स्रोत विकास, लगानी, जलवायु परिवर्तन लगायतका क्षेत्रमा सहयोग गरिएको र आगामी सहायतामा यी क्षेत्रको अतिरिक्त स्थानीय विकास, श्रम बजार, डिजिटलाइजेशन लगानी समिश्रण, बजेट सहायता र हरित विकास जस्ता क्षेत्रमा सहायता केन्द्रीत गरी नेपालसंग सहकार्य गर्ने धारणा व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL