Logo

सगरमाथा ईन्स्योरेन्स कम्पनी २५ बर्षमा प्रवेश

सगरमाथा ईन्स्योरेन्स कम्पनी २५ बर्षमा प्रवेश



काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी शुक्रबारबाट २४ वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको छ ।

laxmi

उक्त अवसरमा कम्पनीले वर्तमान अवस्थाका कारण देशभरका ७३ वटै कार्यालयमा एकसाथ केककाटी वार्षिक उत्सब मनाएको छ ।

कम्पनीले प्रधान कार्यालयमा राखेको रक्तदान कार्यक्रममा ४९ जना रक्तदाताले रक्तदान गरेका छन ।

२५औ वार्षिकउत्सवको उपलक्ष्यमा नेपालभरी छरिएका शाखा मार्फत सामाजिक उत्तरदायित्व तथा बीमा जनचेतनाका बिविध कार्यक्रमहरु आयोजना गरिनेछ ।

कम्पनीकोे चुक्तापुंजी हाल रु। १ अरब १२ लाख २२ हजार पुगेको छ । आ।व। २०७६÷०७७ को अषाढ मसान्तमा १ लाख ९४ हजार १ सय ७४ बीमालेख बिक्री गरी रु। २ अरब १९ करोड ४७ लाख ७६ हजार बीमाशुल्क संकलन गरेको छ । त्यसै गरी आ।व। २०७६÷०७७ मा रु।१ अरब २ करोड दावी भुक्तानी गरिएकोछ ।

कम्पनीबाट उपलब्ध हुने बीमालेखहरुलाई क्रमश डिजिटलाईज गर्दै डिजिटल युगमा प्रवेश गर्ने लक्ष्य रहेको जानकारी प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL