Logo

नेपाल लाईफ ईन्स्योरेन्सको कार्यबाहक सिईओमा सन्तोष प्रसाई नियुक्त, आजैदेखि सम्हाले जिम्मेवारी

नेपाल लाईफ ईन्स्योरेन्सको कार्यबाहक सिईओमा सन्तोष प्रसाई नियुक्त, आजैदेखि सम्हाले जिम्मेवारी



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको कार्यबाहक प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् । आजैदेखि पदमा रहने गरी उनलाई कार्यबाहक सीईओको जिम्मेवारी दिईएको हो ।

laxmi

प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ती भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सीईओको जिम्मेवारी सम्हालेका हुन् । असार ३१ गते बसेको संचालक समितिको बैठकले झापाका प्रसाईलाई कार्यवाहक सीईओको जिम्मेवारी दिएको हो ।

प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध थिए। यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको लामो अनुभव सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL