Logo

उपत्यकामा दुई दिन बिजोर नम्बरको गाडी चल्ने, जोर–बिजोरमा कडाईपछि दैनिक हजारौं सवारी कारवाहीमा

उपत्यकामा दुई दिन बिजोर नम्बरको गाडी चल्ने, जोर–बिजोरमा कडाईपछि दैनिक हजारौं सवारी कारवाहीमा



काठमाडौं । काठमाडौं उपत्यकामा लगातार दुई दिनसम्म बिजोर नम्बरको सवारी चल्ने भएके छ । असार महिनाको अन्तिम दिन र साउनको पहिलो दिन बिजोर दिन भएकोले यी दुई दिनसम्म लगातार बिजोर नम्बरको सवारी चल्ने भएको हो ।

laxmi

ट्राफिक प्रहरीले सवारीसाधनमा लागू हुँदै आएको जोरबिजोरको नियमलाई कडाइका साथ पालना गराउन चेकजाँचलाई तिव्रता दिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले आज बुधबार र बिहीबार दुबै दिन उपत्यकाका सडकमा बिजोर नम्बर प्लेटका सवारी चल्ने जानकारी दिए ।

ट्राफिक प्रहरीले सवारीसाधनमा लागू हुँदै आएको जोरबिजोरको नियमलाई कडाइका साथ पालना गराउन चेकजाँचलाई तिव्रता दिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले ट्याक्सीबाहेकको सवारीसाधनमा जोरबिजोर प्रणाली रहेको भन्दै सोको कार्यान्वयनका लागि चेकजाँचमा कडाइ गरिएको जानकारी दिए ।

उनका अनुसार ट्राफिक प्रहरीले विभिन्न ४६ वटा ‘चेकिङ प्वाइन्ट’मार्फत निरन्तर चेटजाँच भइरहेको छ । बुधबार बिहानैमात्र ती चेकिङ प्वाइन्टमार्फत ७६३ वटा सवारीसाधन कारबाहीमा परेको ढकालले जानकारी दिए । जसमा ६४१ वटा मोटरसाइकल र १२२ वटा चारपांग्रे गाडी रहेका छन् । यसैगरी मंगलबार मोटरसाइकल र चारपांग्रे सवारीसाधन गरी जम्मा १४५७ वटा सवारीसाधान कारबाहीमा परेको पनि महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL