Logo

सुनको मूल्य ओरालो लाग्ने क्रम जारी, शुक्रबार कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ओरालो लाग्ने क्रम जारी, शुक्रबार कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । लगातार उकालो लागेर प्रतितोला ९१ हजार ७ सय रुपैयाँ पुगेको सुनको मूल्य घट्दो क्रममा छ । पछिल्लो ३ दिनदेखि सुनको मूल्य लगातार ओरालो लागिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुत्रबार सुन प्रतितोला ५ सय रुपैयाँले घट्दै ९० हजार ५ सय रुपैँयामा पुगेको छ ।

बिहीबार पनि सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको थियो। बिहीबार सुन तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी चाँदी पनि घट्दो क्रममा रहेको छ। शुक्रबार चाँदीमा पनि १० रुपैयाँले कमी आइ तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL