Logo

विश्व बैंकको नेपाल निर्देशकमा फरिस हदाद जेरभोस नियुक्त, श्रीलंका र मालदिभ्सको जिम्मेवारी पनि सम्हाल्ने

विश्व बैंकको नेपाल निर्देशकमा फरिस हदाद जेरभोस नियुक्त, श्रीलंका र मालदिभ्सको जिम्मेवारी पनि सम्हाल्ने



काठमाडौं । विश्व बैंकले नेपाललगायत ३ देशको देशिय निर्देशकमा फरिस हदाद जेरभोसलाई नियुक्त गरेको छ । फरिसले नेपालसहित माल्दिभ्स र श्रीलंकाको समेत कन्ट्री डाइरेक्टर (निर्देशक) को पद सम्हाल्ने विश्व बैंकले जनाएको छ ।

उनी काठमाडौँमा रहेको विश्व बैंकको कार्यलयमा रहेर तीन देशको विश्व बैंकका गतिबिधि हेर्ने छन् । नेपालसहित श्रीलंका र माल्दिभ्समा विश्व बैंकले लगभग ५।५ बिलियन अमेरिकी डलरका परियोजना संचालनमा रहेको र त्यसको नेतृत्व फरिसले गर्ने विश्व बैंकले जनाएको छ ।

अमेरिकी नागरिक फेरिसले यसअघि नेपालको कन्ट्री म्यानेजरको रुपमा काम गरेका थिए । सन १९९६ मा विश्व बैंकमा कम शुरु गरेका फरिसले मलेसिया र बोलिभियाको कन्ट्री म्यानेजरको रुपमा काम गरिसकेका छन् ।

अहिले कोरोना महामारीका कारण तिनै देशको स्वास्थ्य अवस्था र अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको बेला फरिसको नियुक्ति भएको छ ।

फरिसले आफ्नो नियुक्तिपछि प्रतिक्रिया दिदै आफ्नो प्राथमिकता स्वास्थ्य र आर्थिक असरलाई कम गर्ने योजनामा विश्व बैंककोको वित्तीय सहयोगलाई अगाडी बढाउनु हुने बताएका छन् ।

विश्व बैंकले कोरोना महामारीको रोकथामका लागि आकस्मिक सहयोगको रुपमा नेपाल, श्रीलंका र माल्दिभ्सलाई गरि ३५० मिलियन डलर सहयोग गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL