Logo

अर्थतन्त्र गम्भिर दूर्घटनामा पर्न सक्ने उद्योगीको चेतावनी, जोगाउन प्रधामन्त्रीलाई आग्रह

अर्थतन्त्र गम्भिर दूर्घटनामा पर्न सक्ने उद्योगीको चेतावनी, जोगाउन प्रधामन्त्रीलाई आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

२६ भदौं, काठमाडौं । उद्योगी व्यवसायीले मुलुकको अर्थतन्त्र गम्भिर दूर्घटनामा पर्न सक्ने चेतावनी दिएका छन् । उनीहरुले भण्डै एक महिनादेखिको लगातारको बन्द हड्तालका कारण उद्योग व्यवसाय ठप्प हुँदा अर्थतन्त्र गम्भिर दूर्घटनामा पर्ने सम्भावना देखाएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले शनिवार बिहान प्रधानमन्त्री सुशिल कोइरालालाई भेटेर मुलुकको अर्थतन्त्रलाई सम्भावित दूर्घटनाबाट जोगाउन आग्रह गरे । महासंघ अध्यक्ष पशुपति मुरारकाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बन्द हडतालले मुलुकको अर्थतन्त्र ठूलो दर्घटनामा पर्न सक्ने सम्भावना देखाउँदै त्यसबाट जोगाउन प्रधामन्त्रीर्ला आग्रह गरेका हुन् । उनीहरुले वार्तामार्फत सवै विवाद टुङग्याएर अर्थतन्त्रलाई सम्भावित दूर्घटनाबाट जोगाउन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

उक्त अवसरमा अध्यक्ष मुरारकाले लगातारको बन्द मुलुकको अर्थतन्त्रका लागि वैशाख १२ को भुकम्प भन्दा पनि अझ विनासकारी भएको औल्याए । उद्योग व्यवसाय, प्रतिष्ठानमा आक्रमण गर्ने, त्यहां कार्यरत मजदुर कर्मचारीहरुलाई वलजफ्ती निकाल्ने, कुट्ने, पेट्रोल वम प्रहान गर्ने, उद्योग प्रतिष्ठानहरुको भौतिक सम्पतिमा क्षति पुर्याउने, सवारी साधनहरु तोडफोड, आगजनी गर्ने, भंसारमा सामान छुटाउन गएका व्यक्तिहरुलाई धम्क्याउनेलगातय अत्यन्त अमानवीय कार्य भएकोतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै मुरारकाले सरकारको तर्फबाट उचित शान्ति सुरक्षा दिन आग्रह गरे । उनले बन्द हडतालका नाममा हुने अवाञ्छनीय गतिविधिबाट उद्योगी व्यवसायी तथा उनीहरुका उद्योग प्रतिष्ठानहरुमा सुरक्षाको चुनौती समेत बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले बन्दकाक्रममा निजी सम्पत्तिमाथि आक्रमण गरि क्षति पुर्याइएको, अन्तराष्ट्रबाट मगाइएको कच्चापदार्थ नाकाहरुमा रोकिएर काम नलाग्ने भएको र आन्तरिक उत्पादनहरु वजारमा पुरयाउन नपाउंदा वजारमा उपभोग्य वस्तुहरुको अभाव हुने अवस्था सृजना भएको जानकारी गराए । मुरारकाले बन्दबाट आम जनताको न्यूनतम मानवअधिकार हनन हुनुको साथै उनीहरुको दैनिक जीवनयापननै अत्यन्त कष्टकर भएकाले तत्काल उद्योग व्यवसाय सुचार गर्ने वातावरण वनाईदिन प्रधानमन्त्री समक्ष आग्रह गरे ।

जवाफमा प्रधानमन्त्री कोइरालाले मुलुकको पछिल्लो अवस्थाप्रति आफू पनि अत्यन्त चिन्तित रहेको र वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्न संविधानसभा दुई दिन स्थगन गरेर वार्ताका लागि पहल भैरहेको जानकारी गराए । ‘महासंघले यस बीचमा गरेका प्रयासहरुबाट म अत्यन्त खुशी रहेको छु’ उनले भने, ‘उद्योग व्यवसाय संचालन गर्न सरकारका तर्फ के कस्तो सहयोग गर्नुपर्दछ, त्यसको तत्काल लिखित सुझाव पेश गर्नुहोस ।’ निजी क्षेत्रको सुझाव अनुसार सरकारले सुरक्षा सहितको उद्योग व्यवसाय चल्ने वातावरण बनाउने विश्वास दिलाउँलै त्यसका लागि लिखित सुझाव दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL