Logo

सरकारले भोलिदेखि विद्यार्थीहरुलाई रेडियो र टिभीबाट पढाउने, यस्तो छ समय तालिका

सरकारले भोलिदेखि विद्यार्थीहरुलाई रेडियो र टिभीबाट पढाउने, यस्तो छ समय तालिका



काठमाडौं । सरकारले असार १ गते अर्थात भोलिदेखि बाट रेडियो र टिभीबाट कक्षा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको महामारीका कारण जारी लकडाउनले विद्यालय जानबाट बञ्चित भएका विद्यार्थीहरुका लागि कक्षा शुरु गर्न लागिएको हो ।

एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन सुरु गर्ने तयारी थालेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा तुलसीप्रसाद थपलियाले टेलिभिजनमा कक्षा एकदेखि आठ कक्षासम्मको पढाइ शुरु हुने रुटिन समेत जारी भइसकेको जानकारी दिए ।

उनका अनुसार असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुने छ ।

यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This