Logo

पर्वतमा भीषण वर्षासँगै आएको पहिरोमा परि ५ जनाको मृत्यु, ४ जना अझै बेपत्ता

पर्वतमा भीषण वर्षासँगै आएको पहिरोमा परि ५ जनाको मृत्यु, ४ जना अझै बेपत्ता



काठमाडौं । पर्वतमा पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । पर्वतको कुस्मा नगरपापिलका वडा नं ३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार राती परेको भीषण वर्षासँगै बस्ती माथिवाट आएको पहिरोले पुरिएका थप दुई जनाको शव फेला परेको छ । पहिरोले पुरिएका दिपा थापा र कमला विकको शव भेटिएको हो ।

laxmi

पहिरोमा परि हराईरहेका थप चार जनाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । यसअघि शनिवार साँझै पहिरोमा पुरिएका ५८ बर्षीय तुलबहादुर थापा, उहाँकी श्रीमती मीन कुमारी थापा र नातिनि विविशा थापाको शब फेला परेको थियो । पहिरोमा पुरिएर बेपत्ता हुनेहरुमा सम्राट थापा, विवेक थापा, जेनिस विक र प्रमिसा विक रहेका छन् । उनीहरुको जारी रहेको जिल्ल प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

घटना घटेको लगत्तै नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र स्थानीय उद्दारमा खटिएका थिए । स्थानीयबासी र सुरक्षाकर्मीले खोजी गर्ने क्रममा तीन जनाको शब फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुबेदीले जानकारी दिए । अन्यको खोजी कार्य भैरहेको प्रहरी निरीक्षक सुबेदीले जानकारी दिए ।

राती २ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएको थियो । अहिले विहानवाट पुनः उद्धार कार्य शुरु भएको कुस्मा नगरपालिका वडा न ३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याले बताउनुभयो । शनिवार साँझ ६ बजे देखि झण्डै दुई घण्टा आएको मुसलधारे पानी पछि पहिरो गएको हो ।

पहिरोले उनिहरुका घरमा रहेका अन्य पशूचौपाया समेत मरेका छन् । स्थानीयका अनुसार झण्डै तीन सय मिटर भन्दा माथिवाट पहिरो आएको छ । वर्षाकै कारण पहिरो आएको स्थानीय प्रमुख गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL