Logo

संविधानको संसोधित प्रस्तावमा महासंघको स्वागत, आर्थिक पत्रकारिता पुरस्कार दिँदै

संविधानको संसोधित प्रस्तावमा महासंघको स्वागत, आर्थिक पत्रकारिता पुरस्कार दिँदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२० भदौं, काठमाडौ. । नेपाल उद्योग वाणिज्य महासंघले संविधानको संसोधित मस्यौदामा निजी क्षेत्रका मागको संवोधन भएको भन्दै खुशी व्यक्त गरेको छ । आइतवार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नयाँ कार्यसमितिको स्वागत कार्यक्रममा उनले सो कुरा बताएका हुन् । ‘हामीले संविधानमा खुला बजार अर्थतन्त्रलाई अवलम्बन गर्न आग्रह गरेका थियौं,’ उनले भने, ‘हाल संसोधित मस्यौदामा केही हदसम्म उक्त विषय समेटिएका छन् ।’

उद्योग कलकारखानाको व्यवस्थपनमा मजदूरको प्रतिनिधित्वलाई अनिवार्य गरिने व्यवस्थालाई हटाएर राम्रो काम गरेको उनको भनाइ थियो । ‘पहिला मजदूरलाई अनिवार्य राखिनुपर्ने व्यवस्था थियो तर अहिले प्रोत्साहन मात्र गर्ने भनिएको छ,’ उनले भने । यस्तै, संसोधित मस्यौदामा निजी क्षेत्रका केही हदसम्म माग संवोधन भएको र जसले गर्दा राहत मिलेको उनको भनाइ थियो ।

महासंघले यस वर्षदेखि आर्थिक पत्रकारिता पुरस्कार पनि प्रदान गर्ने भएको छ । आफ्नो स्वर्ण जयन्तीको अवसर पारेर आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको मुरारकाले जानकारी दिए । ‘हामीले पहिला देखि नै आर्थिक क्षेत्रका कमल चलाउने पत्रकारलाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने भनेका थियौं,’ उनले भने, ‘यसपटक देखि निरन्तरता दिने छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL