Logo

अमेरिकी डेमोक्रेसी पार्टनरसिपका सभापति बुचानन र प्रमबीच भेट, नेपालमा लगानी गर्न आग्रह

अमेरिकी डेमोक्रेसी पार्टनरसिपका सभापति बुचानन र प्रमबीच भेट, नेपालमा लगानी गर्न आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१ भदौं,काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा लगानी गरी  विकास प्रक्रियामा साथ दिन अमेरिकी लगानीकर्तालाई आग्रह गरेका छन् ।

संयुक्त राज्य अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभको हाउस डेमोक्रेसी पार्टनरसिपका सभापति भर्न बुचाननको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग मङ्गलवार बिहान प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटमा उनले यस्तो आग्रह गरेका हुन् ।

नेपाललाई मिलिनियम च्यालेन्ज कर्पोरेसनका कार्यक्रममा चयन गरेको र भूकम्पपछिको पुनःनिर्माण सहयोगको प्रतिबद्धता जनाएकोमा प्रधानमन्त्री कोइरालाले अमेरिकी सरकार र जनताप्रति आभार व्यक्त गरे ।

उनले नेपाल संघियता र गणतन्त्रसहितको समावेशी लोकतन्त्रलाई संस्थागत गर्ने प्रजातान्त्रिक संविधान निर्माणको अन्तिम चरणमा पुगेको उल्लेख गरे ।  संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान जारी भएपछि नेपालमा दिगो शान्ति र राजनीतिक स्थायित्व कायम हुने भएकाले अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्
MBL