Logo

कोरोना संक्रमणमाथि बन्यो पहिलो फिल्म, निर्माताले नै दिए एक्लै बसेर नहेर्न सुझाव

कोरोना संक्रमणमाथि बन्यो पहिलो फिल्म, निर्माताले नै दिए एक्लै बसेर नहेर्न सुझाव



काठमाडौं । कोरोना संक्रमणमाथि पहिलो फिल्म बनेको छ । ‘कोरोना जाम्बिज’ नाम दिइएको फिल्म सिनेमा हलमा ल्याउने अबस्था नभएपछि डिजिटल प्लेटफर्मबाट रिलिज गरिएको छ । फिल्मको ट्रेलर केही दिनअघि रिलिज हुँदा भाइरल भएको थियो । धेरैले फिल्म हेर्न माग गरेका थिए ।

laxmi

फिल्म र ट्रेलर निकै डरलाग्दो बनेकाले बालबालिकालाई अभिभावकको साथबाहेक एक्लै यो फिल्म नहेर्न निर्माण पक्षले अनुरोध गरेको छ । गत जनवरीमा चीनमा कोरोना संक्रमण देखिएपछि यो फिल्मको कथा परिवर्तन गरेर कोरोना संक्रमणको विषयमा फिल्म निर्माण गरिएको हो ।

निर्देशक चाल्र्स कोरोनाले संसारमा विकराल रूप लिन्छ भन्ने बुझेरै आफूहरूले यसको कथा तयार गरेको र अहिले त्यही अवस्था आएको बताएका छन् । फिल्ममा कोडी रेनी क्यामरुन, रसेल कोकर, रबिन सिड्नीजस्ता कलाकार मुख्य भूमिकामा छन् ।

एक जना व्यक्ति कोरोनाबाट मरेपछि उसलाई जाम्बिज पात्र बनाइएको र उसको पीडादायी कथा समेटिएको छ । जाम्बिजलाई प्रेतात्मा बनाएर अभिनय गराएकाले फिल्म रोचक बनेको बताइएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबारे विभिन्न गीत तथा म्यूजिक भिडियोहरु निर्माण भइरहेका छन् । तर, अमेरिकी निर्देशक चाल्र्स ब्यान्डले कोरोना संक्रमणमाथि पहिलो फिल्म नै निर्माण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL