Logo

उद्धोग मन्त्री भन्छन काम गर्न अर्थमन्त्रालयले साथ दिएन

उद्धोग मन्त्री भन्छन काम गर्न अर्थमन्त्रालयले साथ दिएन


रामराजा श्रेष्ठ
0
Shares

 

उद्धोग मन्त्री महेश बस्नेतले देशलाई ओद्धोगिकरणमा लैजानको लागि अर्थ मन्त्रालयले सहयोग नगरेको आरोप लगाएका छन् । काठमाडौंमा भएको कार्यक्रमम बोल्दै मन्त्री  बस्नेतले  बैदेशिक लगानी भित्राउनको लागि अर्थ मन्त्रालयले  आवश्यक नीति बनाउन नसकेको बताए । देशमा अाैद्धोगिकरण नहुनुमा पनि अर्थ मन्त्रालय नै दाषी रहेको बस्नेतको भनाइ थियो ।

राजश्व संकलन बाहेक अर्थमन्त्रालयले अरु उपलब्धी गर्न नसकेको बताउँदै उनले  नीति सुधार नगरेसम्म जति राजश्व संकलन गरेपनि देशमा विकास हुन नसक्ने स्पष्ट पारे । ‘ राजश्व  संकलन गरेरमात्र देशमा केहि हुदैन अाैद्धोगिक क्रान्तीका लागि जनताका आवश्यकता पुरा गर्ने  उद्धोग खोल्नुपर्छ ‘उनले भने, ‘बन्द रहेका उद्धोग संचालनमा ल्याउन अर्थमन्त्रालयले सहयोग गर्नुपर्छ ‘। साथै नेपालमा अाैद्धोगिकीकरणको लागि नँया वैदेशिक लगानी नीति जरुरी रहको पनि उनले बताए ।

अर्थमन्त्रालयको असहयोगले केही पर गए पनि छिट्टै वैदेशिक नीति ल्याउने मन्त्री बस्नेतले प्रतिबद्धता जनाए । समस्याका बावजुत पनि देशमा नँया नँया उद्धोग खुल्न लागेको भन्दै मन्त्री बस्नेतले भैरहवामा निर्मित बिशेष आर्थिक क्षेत्र (सेज) को उद्घाटन यहि मंसिर २ गते हुने जानकारी दिए । ५५ करोडको लागतमा बनेको उक्त आर्थिक क्षेत्र ५२ बिघामा फैलिएको छ ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL