Logo

इसेवा र मिडास एजुकेशनको सहकार्य, विद्यार्थीले घरमै निशुल्क अध्ययन गर्न सकिने

इसेवा र मिडास एजुकेशनको सहकार्य, विद्यार्थीले घरमै निशुल्क अध्ययन गर्न सकिने



काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवा र मिडास एजुकेशनको सहकार्यमा विद्यार्थीहरूलाई निशुल्क घरमै अध्ययन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

उक्त ब्यवस्था अनुसार विश्वव्यापी रुपमा महामारी निम्त्याएको कोरोनाका कारण सम्पूर्ण स्कुलहरू बन्द रहेको अवस्थामा विद्यार्थीहरूले घरमै बसेर निशुल्क रूपमा श्रव्य दृष्य मार्फत अध्ययन गर्न सक्नेछन् ।

अध्ययनका लागी विद्यार्थीहरूले मिडास एजुकेशनको मोबाईल एप्स् डाउनलोड गर्नुपर्ने छ । एप्लीकेशनमा अर्डर मा क्लिक गरेपछि मागिएको कोडमा इसेवा राखेर आफुले चाहेको विषय अध्ययन गर्न पाइनेछन । नर्सरी देखि कक्षा १० सम्मकाविद्यार्थीले आफुले चाहेको विषय अध्ययन गर्न सक्नेछन् ।

मिडासले विगत एक दशकदेखि नर्सरी देखि १० कक्षासम्मका पाठ्यक्रममा आधारित श्रव्य दृष्य सामाग्री मार्फत अध्यापन गराउँदै आएको छ । विद्यार्थीहरू स्कुल जान नपाइरहेको अवस्थामा घरमै बसेर मोबाईल मार्फत अध्ययन गर्न सकुन् भन्ने उदेश्यले सेवा दिएको इसेवाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL