Logo

७ महिनामा मुद्रास्फीति ७ प्रतिशत पुग्यो, काठमाडौंमा सबैभन्दा उच्च दरमा मुद्रास्फीति

७ महिनामा मुद्रास्फीति ७ प्रतिशत पुग्यो, काठमाडौंमा सबैभन्दा उच्च दरमा मुद्रास्फीति



काठमाडौं । चालु आर्थिक बर्षको ७ महिनामा मुद्रास्फीति बढेर करिब ७ प्रतिशत पुगेको छ । गत बर्षको सोही अवधिमा ४ दशमलव ३५ प्रतिशत रहेको मुद्रास्फीति चालु आवमा बढेर ६ दशमलव ८७ प्रतिशतमा पुगेको हो ।

laxmi

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो ७ महिनाको तथ्याङ्क अनुसार खाद्य पदार्थको मुद्रास्फीति बढेर ९ दशमलव ४७ प्रतिशत पुगेको छ । गत बर्षको सोही अवधिमा खाद्य पदार्थको मुद्रास्फीति २ दशमलव ४८ प्रतिशत थियो । यस्तै गैर खाद्य बस्तुको मुद्रास्फीति भने घटेको छ ।

गत बर्ष सोही अवधिमा ५ दशमलव ८४ प्रतिशत रहेको गैर खाद्य बस्तुको मुद्रास्फीति यो बर्ष घटेर ४ दशमलव ६५ प्रतिशतमा पुगेको हो । राष्ट्र बैंकको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा मात्रै मुद्रास्फीति ७ दशमलव ५८ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.६५ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ । यो अवधिमा महिनामा काठमाडौं उपत्यकामा ७.५८ प्रतिशत, तराईमा ७.२९ प्रतिशत, पहाडमा ५.४६ प्रतिशत र हिमालमा ५.२८ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ माघमा यी क्षेत्रहरुमा क्रमशः ५.१९ प्रतिशत, ३.४४ प्रतिशत, ४.९१ प्रतिशत र ५.२७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL