Logo

मौद्रिक नीति प्रति निजीक्षेत्र असन्तुष्ट, पुँजी बृद्धिले समस्या आउने डर

मौद्रिक नीति प्रति निजीक्षेत्र असन्तुष्ट, पुँजी बृद्धिले समस्या आउने डर


रामराजा श्रेष्ठ
0
Shares

रामराजा श्रेष्ठ

७ साउन, काठमाडौं । हालै नेपाल राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति प्रति निजी क्षेत्र असन्तुष्ट देखिएका छन् । विशेषगरी बैंकरहरु उक्त नीति प्रति असन्तुष्ट देखिएका हुन् ।

मौद्रिक नीतिले बैंकहरुको चुक्त पुँजी आवश्यकभन्दा बढी बढाएको नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष तथा एनएमबी बैंकमा प्रमुख कायकारी अघिकृत उपेन्द्र पौड्यालले बताए । ‘मौद्रिक नीतिले बाणिज्य बैंकको चुक्ता पुँजी २ वर्षभित्र ८ अर्व पुर्याउनुपर्ने व्यवस्था गरेको छ,’ उनले भने, ‘अहिलेको अवस्थामा त्यो सम्भव छैन । यो अवस्थामा एकैचोटी पुँजी बृद्धिगर्दा झन ठूलो दुर्घटना हुने सम्भावना रहेको उनको दावी थियो ।

हाल कतिपय वाणिज्य बैंकको चुक्त पुँजी २ अर्ब रुपैयाँ रहेको बताउँदै ८ अर्ब रुपैयाँ पुर्याउनका लागि त्यस्ता ४ वटा बैंक मर्ज गर्नुपर्ने पौड्यालले जानकारी दिए । ‘यो मर्जमा जान प्रोत्साहन भन्दा पनि फोर्सफुल्ली मर्जमा जान बाध्य पारिएको हो,’ उनले भने, ‘यसरी मर्जमा गएर पुँजी बृद्धि गर्दा समस्या पनि उत्पन्न हुनसक्छ ।’ यस विषयमा नेपाल बैंकर्स एशोसिएशनले भोली नै बैठक वसेर एउटा धारणा सार्वजनिक गर्ने उनले जानकारी दिए ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष तथा पञ्चकन्य ग्रूपका प्रवन्ध निर्देशक प्रदिप श्रेष्ठले पनि एकैचोटी बैंकको चुक्तपुँजी बढाउदा असर गर्ने बताएका छ । ‘पहिलो कुरा त चुक्ता पुँजी नै कहाँबाट ल्याउन बृद्धि गर्ने भन्ने समस्या छ,’ उनले भने, ‘चुक्ता पुँजी बृद्धि गरेर ८ अर्व पुर्याउँदा लगानीकर्तालाई सोही अनुसार प्रतिफल दिन पनि गाह्रो छ ।’ पुँजी बृद्धि गर्दा लगानीकर्तालाई अहिलेकै अवस्थामा प्रतिफल दिन नसकिने समेत उनले जानकारी दिए ।

यस्तै, सुनचाँदी व्यवसायीहरुले पनि विदेशबाट साना–साना टुक्रा सुन आयात गर्न पाउनु पर्ने माग राखेका थिए । हालको सुन आयात नीति अनुसार व्यवसायीहरु मर्कामा परेको उनले उनीहरुको भनाइ थियो ।

नेपाल राष्ट्र बैंकका डपुटी गभर्नर महाप्रसाद अधिकारी भने नेपाल बैंकको अस्तित्व जोगाउनका लागि पुँजी बृद्धि आवश्यक रहेको बताउँछन् । ‘हामीले पूर्वाधार बैंक खोल्नका लागि २० अर्व रुपैयाँ चुक्ता पुँजी चाहिने व्यवस्था गरेका छौं,’ उनले भने, ‘त्यसको तुलनामा यो बृद्धि धेरै होइन ।’

आगामी दिनमा नेपालमा विदेशी बैंकहरु आउने बताउँदै उनीहरुसँग प्रतिस्पधाका लागि पनि पुँजी बृद्धि आवश्यक रहेको उनको भनाइ थियो । ‘हामीले केही समयभित्र नेपालमा विदेशी बैंकहरु भित्र्याउनु पर्छ,’ उनले भने, ‘यदि अहिले नै पुँजी बृद्धि गरिएन भने विदेशी बैंक आउँदा नेपाली बैंकको अस्तित्व हराउने खतरा हुनेछ ।’ साथै, नेपालमा ८ वर्षदेखि नयाँ बैंक खोल्नका लागि इजाजत नदिएकाले पुँजी बृद्धिका लागि कुनै अप्ठ्यारो नपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL