Logo

इन्डक्सन चुलोको माग बढ्यो, दैनिक १५ चुलो विक्री हुँदै

इन्डक्सन चुलोको माग बढ्यो, दैनिक १५ चुलो विक्री हुँदै



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि इन्डक्सन चुलोप्रति उपभोक्ताको आकर्षण बढेको छ । कोरोनाको हल्लाले बजारमा ग्यास नपाएपछि उपभोक्ता दैनिक चुलो किन्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा आउने गरेका छन् ।

laxmi

बताए । उनका अनुसार अहिले दैनिक मानिस चुलो किन्न कम्पनीमा आउने गरेका छन् । कम्पनीले प्रधान कार्यालय भद्रकाली, बिक्री केन्द्र थापाथली र सिंहदरबार तथा घुम्ती बिक्री केन्द्रमा चुलो बेच्ने गरेको छ ।

‘पहिलेभन्दा कोरोनाको हल्लाले ग्यास नपाएपछि धेरै मानिस फोन गरेर चुलोबारे सोध्ने गरेका छन्,’ उनले भने , ‘दैनिक १०–१५ चुलो बिक्री भइरहेका छन् ।’ भूकम्पका बेला चीन सरकारले नेपाललाई उपलब्ध गराएको चुलो अहिले पनि सङ्कटका बेला उपभोक्ताले लिने गरेका छन् । चीन सरकारले सित्तैमा नेपाललाई उक्त चुलो दिएको थियो ।

भूकम्प र भारतीय नाकाबन्दीमा बिक्री भएको चुलो त्यस यता त्यति बिक्री भएको थिएन । सबै प्रकारका भाँडा प्रयोग गर्न मिल्ने उक्त चुलोको मूल्य ४ हजार रुपैयाँ पर्छ । पहिले चुलोको मूल्य ११ हजार तोकिए पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर ४ हजार कायम गरिएको नायब महाप्रबन्धक खनालले जानकारी दिए।

चुलोमा आवश्यकताअनुसार २०० वाटदेखि एक हजार ६०० वाट विद्युत् प्रयोग गरेर खानेकुरा पकाउन सकिन्छ । आफूलाई आवश्यकताअनुसार कति चाँडो खाना पकाउने हो त्यहीअनुसार क्षमता बढाउन सकिन्छ । चुलोसँगै एउटा कराही पनि सित्तैमा उपलब्ध हुने उनले जानकारी दिए । ग्यासभन्दा सस्तो हुने उक्त चुलो विद्युत् भएका बेला जतिबेला पनि खाना पकाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL