Logo

आर्थिक सर्वेक्षण आज सार्वजनिक हुँदै

आर्थिक सर्वेक्षण आज सार्वजनिक हुँदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२७ असार, काठमाडौं । सरकाले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने भएको छ । अर्थमन्त्री डा. रामशरण महतले संसदमा आजै आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

भर्खरै मात्र सरकारले ल्याएको नीति तथा कार्यक्रम माथिको प्रश्नमा प्रधानमन्त्री सुशील कोइरालाले जवाफ दिएपछि आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । आज अपराह्न उक्त सर्वेक्षण प्रस्तुत गरिने समेत उक्त स्रोतले जानकारी दिएको छ ।

सरकारले चालू आवमा ६ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य लिएपनि ३ दशमलव ५ प्रतिशतमा मात्र सिमित हुने देखिएको छ । यही वैशाख १२ गते आएको शक्तिशाली भुकम्पमा कारण लक्ष्य अनुरुप आर्थिक बृद्धि हासिल गर्न सकिएको समाचार स्रोतले जानकारी दिएको छ । जसको असर राजस्व उठौतीमा पनि पर्ने देखिएको छ ।

यस्तै, सरकारले पुँजीगत खर्च पनि लक्ष्य अनुरुप खर्च गर्न सकेको छैन । चालू आवमा ८० प्रतिशतमात्र पुँजीगत खर्च हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL